२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

उद्धार गरिएका बेसहरा सडकमै फर्किए

काठमाडौं– पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले थालेको सहायागापेक्षी सडक मानवमुक्त अभियान कमजोर देखिएको छ।

महानगरपालिकाको कमजोर तयारीका कारण बेसहारा, अशक्त, असहायहरु पुनः सडकमै फर्किएका हुन्। काठमाडौं महानगरपालिकाले २५ औ महानगर दिवसको अवसरमा सडक मानव मुक्त सहर घोषणा गरेको थियो।

उद्धार गरिएकामध्ये वास्तविक बेसहारा सहयोगापेक्षीहरुलाई मानवसेवा आश्रममा पठाइएको थियो। यस अभियान अन्तर्गत महानगरले ३ सय ६९ जनालाई उद्धार गरी बालाजु स्थित स्क्रिनिङ सेन्टरमा राखेको थियो।

जसमध्ये २ सय १९ जना फिर्ता भएका छन्। स्क्रिनिङ सेन्टरले परिवारलाई जिम्मा लगाएर फिर्ता पठाइएको भनेपनि उनीहरु पुनः सडकमै पर्किएका छन्। 

 विरामी अवस्थामा उद्धार गरिएकाहरुलाई अस्पतालमा राखेर उपचार गराइरहेको मानवसेवा आश्रमले जनाएको छ। उद्धार गरिएकामध्ये हालसम्म १५ जनालाई अस्पताल पठाइ उपचार गराइएको छ भने स्क्रिनिङ सेन्टरमै मानसिक रोग विशेषज्ञ चिकित्सकहरुबाट नियमित स्वास्थ्य परीक्षण भइरहेको छ। काठमाडौं महानगरपालिकाले २ जना स्वास्थ्यकर्मी स्क्रिनिङ सेन्टरमै खटाएको छ। 

वास्तविक बेसहारा, सहयोगापेक्षी मानवहरुको पहिचान गरी उनीहरुको जीवनरक्षा गर्न तथा बरालिएर वा अन्य विभिन्न कारणहरुबाट सडकमै अस्तव्यस्त जीवनयापन गर्नेहरुलाई निरुत्साहित गर्न स्क्रिनिङ सेन्टर सञ्चालनमा ल्याइएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए। ‘अब नेपालको सडकपेटी र सार्वजनिक स्थलहरुमा कसैलेपनि भोकै र नाङ्गै बस्नु पर्ने बाध्यता हटेको छ’ उनको दाबी छ। 

हालसम्म करिब २३ सय जना असहाय, सहयोगापेक्षी, बेसहारा सडकमानवहरुलाई उद्धार गरी सेवा प्रदान गरीएको मानवसेवा आश्रमका महासचिव शुशीला केसीले बताए।

यस अभियानलाई सफल बनाउन महानगरले मेयर शाक्यकै संयोजकत्वमा मुल समिति बनाएको छ भने सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठको संयोजकत्वमा कार्यान्वयन उपसमिति बनाइको छ। ३ महिना सम्म चल्लने उक्त अभियान गत मंसिरको २९ गतेबाट सञ्चालन भइरहेको छ।

प्रकाशित: २१ पुस २०७६ ०९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App