१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड

पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्वजानकारी दिन गोरखाको धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको छ।

मजदुरी गर्न अब भारत जाँदैनन् आनन्दपुरे किसान

बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन। छोड्नुपर्ने अवस्था पनि छैन।

विपद्को क्षति कम गर्ने तयारी

नेपालमा सामन्यतया मनसुन १३ जुनबाट सुरु हुने गरेको छ। यसपालि भने १ दिन ढिला गरी मनसुन सुरु भयो।

योजनाको मूल्यांकन कम गरेको भन्दै इन्जिनियरमाथि कुटपिट

योजनाको मूल्यांकन कम गरेको भन्दै सानीभेरी गाउँपालिका –३ घर भएका ठेकेदार तथा रुकुम (पश्चिम)का वाईसियल नेता गोविन्द ओलीले कुटपिट गरेका हुन्।

केराका थामबाट हस्तकलाका सामग्री

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ।

नेपाली आकाशमा सय हवाई दुर्घटना

नेपाली आकाशमा एक सय बढी हवाई दुर्घटना भएका छन्। मंगलबार सोलुखुम्बुमा भएको हेलिकोप्टरसँगै दुर्घटनाको संख्या १ सय ५ पुगेको छ।

विषयगत शिक्षक नहुँदा खस्कियो नतिजा

म्याग्दीको बेनी नगरपालिका सहित ५ वटै गाउँपालिकामा गणित, अंग्रेजी तथा विज्ञान विषयका शिक्षकको अभावले शैक्षिक गतिविधि अस्तव्यस्त भएको छ।

ढिकी-जाँतोको संरक्षणमा आमा समूह

म्याग्दीको रघुगंगा गाउँपालिका-३ कलेजाबाङस्थित महतारे आमा समूहले परम्परागत ढिकी-जाँतोको संरक्षण गरेका छन्।

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका-४ जिंगडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ। ललितपुरमा आज आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिका र गुल्मीको मालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

सुत्केरीलाई घ्यू र अण्डा उपहार

जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको छ। संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो।

जगन्नाथले पालिकाको सिफारिस विना आएका योजना कार्यान्वयन नगर्ने

जगन्नाथ गाउँपालिकाले पालिकाको सिफारिस विना आएका योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ

४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्