२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ढिकी-जाँतोको संरक्षणमा आमा समूह

म्याग्दीको रघुगंगा गाउँपालिका-३ कलेजाबाङस्थित महतारे आमा समूहले परम्परागत ढिकी-जाँतोको संरक्षण गरेका छन्। परम्परागत रूपमा कुटानी र पिसानीका लागि प्रयोग हुँदै आएका ढिकी-जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले बताइन्।

विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानीपिसानीका लागि जाँतो र ढिकीको प्रयोग गर्ने भए पनि अहिले हराएर जाने अवस्था आएपछि परम्परागत कुटानीपिसानीका साधनलाई संरक्षण गरिएको उनले बताइन्।

म्याग्दीको रघुगंगा गाउँपालिका-३ कलेजाबाङस्थित महतारे आमा समूहले परम्परागत ढिकी-जाँतोको संरक्षण गरेका छन्।

‘घरायसी प्रयोजनका लागि आधुनिक मिलमा नै कुटानीपिसानी गर्ने प्रचलन छ, पूजाआजा हुँदा भने सामुदायिक भवनकै ढिकी र जाँतोमा कुटानीपिसानी गर्छौं, परम्परागत जीवनशैलीबारे नयाँ पुस्तालाई जानकारी गराउन पनि यसलाई संरक्षण गरेका हौं’, उनले भनिन्।

आमा समूहले गण्डकी प्रदेश सरकार र रघुगंगा गाउँपालिकाको सहयोगमा भवनसँगै खेल मैदान समेत निर्माण गरेका छन्। खेल मैदान निर्माण भएपछि महतारे, कोसेपानी लगायतका बस्तीका बालबालिकालाई खेल खेल्न सहज भएको छ।

गण्डकी प्रदेश सरकारमार्फत भौतिक पूर्वाधार विकास कार्यालयमार्फत चार लाख ५० हजार  रुपैयाँ र गाउँपालिकामार्फत पाँच लाख ३४ हजार रुपैयाँ बजेटबाट आमा समूहको भवन र खेलमैदान निर्माणसँगै घेराबार समेत निर्माण गरेका छन्।

आमा समूहले गण्डकी प्रदेश सरकार र रघुगंगा गाउँपालिकाको सहयोगमा भवनसँगै खेल मैदान समेत निर्माण गरेका छन्। खेल मैदान निर्माण भएपछि महतारे, कोसेपानी लगायतका बस्तीका बालबालिकालाई खेल खेल्न सहज भएको छ।

नवनिर्मित भवनको एउटा कोठामा ढिकी र जाँतोलाई राखिएको छ भने अर्को कोठालाई समूहको बैठक कक्ष बनाइएको छ।

भवन निर्माण भएपछि समूहको बैठक बस्न व्यक्तिको घर, आँगन र खुला चौतारीमा बस्नुपर्ने बाध्यता हटेको आमा समूहका सचिव राधिका खत्रीले बताए। भवन, खेलमैदान र घेराबार गर्न आमा समूहले समेत नगद करिब ५० हजार रुपैयाँ लगानी गरेका छन भने जनश्रमदान समेत गरेका छन्।

प्रकाशित: २५ असार २०८० ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App