४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ अजुर्नी नजिक गए राति १०ः१५ बजे म २ प ३४५६ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिप दुर्घटनामा एकको मृत्यु

महाकाली नगरपालिका वडा नं ९ दत्तु चुच्चैमा महाकाली यातायातको जिप आज दुर्घटना भएको छ।  सदरमुकाम खलंगादेखि मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नंको जिप सोतर्‍यौडा खोलामा दुर्घटनाग्रस्त हुँदा जिप मालिक महाकाली नगरपालिका–७ का २४ वर्षीय भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते जिप चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

ट्रक दुर्घटनामा परी  १० को मृत्यु, १२ घाइते

भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन्।  माल बहाक ट्रक सडकमा गलत ठाउँबाट गुडेकाले शनिबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ।  ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तर आउँदै गरेको को१ख ४८४२ नंको बसले विपरीत दिशाबाट जाँदै गरेको को७प ९०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको हो।

मोरङमा दुर्घटना हुँदा दुईको मृत्यु

जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ। ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रुकुममा जिप दुर्घटना हुँदा १२ घाइते

कुम (पश्चिम) को बाँफिकोट गाउँपालिका वडा नं. ४ लोछावाङमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएको छन् । सदरमुकाम मुसीकोट खलंगाबाट आठविसकोट नगरपालिकाको राडी बजार जादैं गरेको रा १ ज ५८९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जाजरकोटमा बस दुर्घटना हुँदा एककाे मृत्यु, २९ घाइते

भेरी नगरपालिका–१ रिम्नाबाट सुर्खेततर्फ जाँदै गरेको काँक्रेबिहार यातायात समितिको मे१ख ७२२ नंको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

रिक्सा दुर्घटना हुँदा गर्भवतीसहित दुईको अवस्था गम्भीर

मकवानपुरगढी गाउँपालिका वडा नं २ गैरी भञ्ज्याङमा आज अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिए ।

रिक्सा दुर्घटना पाँच घाइते

मकवानपुरगढी गाउँपालिका– वडा नम्बर २ गैरी भञ्ज्याङमा बिहीबार अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिए ।

दुर्घटनामा एकको मृत्यु, चारजना गम्भीर

मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन्।  कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा बुधबार दुवै सवारी एकापसमा जुध्दा मोटरसाइकलमा सवार झापा, गौरादह–१ का ३४ वर्षीय योगेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते अधिकारीको उपचार गर्न दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।

डाेटीमा बस दुर्घटना हुँदा तीनकाे मृत्यु, १० घाइते

बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।  बसमा सवार १० जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन्।

सुनसरीमा छुट्टाछुट्टै दुर्घटना हुँदा दुईको मृत्यु

सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ । ती घटनामा अरु तीनजना गम्भीर घाइते भएका र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीले जानकारी दिएको छ ।

जिप र मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

जिप र मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । विपरीत दिशाबाट आएका मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा रौतहटको जयनगरमा बुधवार एक युवकको मृत्यु भएको हो । रौतहटको सदरमुकाम गौरलाई पूर्व–पश्चिम राजमार्गलाई छुने वीरेन्द्र राजमार्गको गरुडा नगरपालिका १ स्थित जयनगरमा जिल्ला कृषि विकास कार्यालय रौतहटको बा १ झ ५३९३ नम्बरको गाडी र स्थानीय शेख अन्सारुलको करिब १६ वर्षका छोरा माेहम्मद ताज चढेको ना ७ प ९५१८ नम्बरको मोटरसाइकल एकापसमा ठाेक्किँदा मोटरसाइकल चलाइरहेका माेहम्मद ताज गम्भीर घाइते भएका थिए ।

ट्र्याक्टर दुर्घटनामा एक किशोर मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा आइतबार एक किशोरको मृत्यु भएको छ ।  गढवा गाउँपालिका –१ जरौनीमा रोकिराखिएको लु ३ त ३४९८ नं को ट्र्याक्टर दुर्घटना हुँदा १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्