१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बोलेरो दुर्घटनामा एकजनाको मृत्यु, १५ जना घाइते

उदयपुरको कटारीमा शुक्रबार बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित १५ जना घाइते भएका छन्। 

कटारी बजारदेखि सिरिसेतर्फ जाँदै गरेको ना १ ज ८३३३ नम्बरको डबल क्याबको बोलेरो शुक्रबार दिउँसो ४ः२० बजे कटारी ७ मर्जेटपुर–गोठडाँडाको भित्री सडक खण्डमा दुर्घटना हुँदा कटारी ८ सिरिसेका ७० वर्षीय वीरबहादुर तामाङकोमृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी सुवास राईका अनुसार ब्रेक फेल भई सडकबाट १ सय ५० मिटर तल खसेर दुर्घटनामा परेको बोलेरोमा सवार ४ पुरुषसहित १५ यात्रु घाइते भएका छन्। डिएसपी राई नेतृत्वको १० जना प्रहरी टोलीले घाइतेहरुलाई आधा घन्टाभित्रै उद्धार गरी उपचारार्थ कटारी अस्पताल ल्याएकोमा तामाङलाई चिकित्सकले मृत घोषित गरेका थिए।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले कटारी अस्पतालबाट थप उपचारार्थ विराटनगर रिफर गरिएको छ। रिफर गरिएका गम्भीर घाइतेहरुमा कटारी ८ की ३५ वर्षीया भद्रीमाया मगर, ६० वर्षीया खड्कीमाया मगर, २८ वर्षीया तारा मगर, ३३ वर्षीया कुमारी तामाङ रहेको डिएसपी राईले बताएका छन्।

त्यसैगरी अन्य घाइतेहरुमा चालक कटारी ८ सिरिसेकै ३३ वर्षीय कर्मासिंह तामाङ, सोही वडा थलियाकी ३० वर्षीया गीता तामाङ, ६० वर्षीय तेतु थापामगर, २३ वर्षीया अस्मिता मगर, ५५ वर्षीया रिकीमाया मगर, ६१ वर्षीय धनबहादुर मगर रहेका छन्।

त्यसैगरी कटारी ८ कै २४ वर्षीया मनकुमारी मगर, २८ वर्षीय दिपबहादुर तामाङ, कटारी ७ बिहीवारेकी २५ वर्षीया अस्मिता दनुवार र सोही वडाका ४५ वर्षीय होमबहादुर मगर रहेका छन्।

एकजनाको निधन र गम्भीर चारजनाबाहेक अन्य सबैको कटारी अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताएका छन्।

प्रकाशित: १८ फाल्गुन २०८० १९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App