८ वैशाख २०८१ शनिबार

काठमाडौं महानगरको प्रशासनिक भवन शिलान्यास

काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणको शिलान्यास गरेको छ। सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणको शिलान्यास गरेका हुन्।

दर्जन पुल शिलान्यास, एउटै बनेनन्

वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा सकिएको छ।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास

प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भर्चुअल सिलान्यास गरेसँगै सप्तरीसहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनतामा गुणस्तरीय स्वास्थ्य सेवा पाउने भरोसा पलाएको छ।

कमलविनायक पाटीको शिलान्यास

भक्तपुर नगरपालिका १० कमलविनायमा रहेको लान्चापली पाटीको सोमबार शिलान्यास गरिएको छ। लामो वर्षदेखि भत्गावशेषको रुपमा रहर हरााउन थालेको सार्वजनिक पाटी बनाउन शिलान्यास गरिएको हो।

प्रधानमन्त्रीद्वारा तरल अक्सिजन प्लान्टको शिलान्यास

प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन्। शिलान्यास गर्दै उनले कोभिड –१९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभाव व्यहोरेको उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको बताए।

प्रधानमन्त्रीओलीद्वारा भर्चुअलरुपमा विद्यालय भवन शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले दमक नगरपालिका–२ स्थित हिमालय मावि र दमक–३ स्थित ढुकुरपानी माविको शिलान्यास गरेका हुन्।

मेलम्ची मेलोः हतारमा उद्घाटन, अहिले परीक्षण

मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब दुई महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजना हतारमा उद्घाटन र शिलान्यास गरेको भनी आरोप लाग्दै आएको छ ।

पाख्रिबासमा औद्योगिक ग्राम शिलान्यास

पाख्रिबास नगरपालिकाको आयोजनामा बिहीबार एक कार्यक्रमबीच संघीय प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले धनकुटा अध्यक्ष राजेन्द्रकुमार राईले औद्योगिक ग्रामको शिलान्यास गरेका छन्।

शिलान्यासको सिलसिला

निःसन्देह सडकले रूपान्तरण ल्याउँछ। मुख्य कुरा सरकारको अस्पष्ट नीति, सस्तो लोकप्रियताका लागि गरिएको हडबड, विकासप्रेमी देखाउन हचुवा शैलीमा गरिएको शिलान्यासका कारण निर्वाचन क्षेत्र रणनीतिक सडक परियोजनाको विषयमा प्रश्न उठेको हो।

मुख्यमन्त्री राईले गरे हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्कको शिलान्यास

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ। दर्शनका लागि देशबिदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्नका लागि युवाको सामूहिक लगानीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गर्न लागिएको हो।

एकै दिन १६५ सडक शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक सञ्जाल विस्तारकोे थालनी गर्दै तीन वर्षभित्रै २२ सय १० किलोमिटर सडक निर्माण सम्पन्न गर्ने घोषणा गरेका छन्। सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा सडकको पहुँच विस्तार गर्न रणनीतिक सडक सञ्जालको अवधारणा कार्यान्वयन गर्न लागेको हो।

हतारमा उद्घाटन र शिलान्यासः ठेक्का सम्झौता हुनै बाँकी छ, शिलान्यास भइसक्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते शनिबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्रको स्विच थिचेर उद्घाटन गरे। वर्षाैंदेखि सबैभन्दा धेरै चासोको विषय बनेको मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा कहिलेदेखि वितरण गर्ने अहिलेसम्म टुंगो लागेको छैन।

अर्थमन्त्रीले शिलान्यास गरेको स्तम्भ स्थानीयले भत्काए

स्थानीयको मागलाई बेवास्ता गर्दै अर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीको मौतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। शिलान्यासका लागि आएका अर्थमन्त्रीको गाडीलाई लक्षित गरेर स्थानीयले ढुंगासमेत प्रहार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्