coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कमलविनायक पाटीको शिलान्यास

भक्तपुर नगरपालिका १० कमलविनायमा रहेको लान्चापली पाटीको सोमबार शिलान्यास गरिएको छ। लामो वर्षदेखि भग्नावशेष रुपमा रहर हरााउन थालेको सार्वजनिक पाटी बनाउन शिलान्यास गरिएको हो।  

भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले पाटीको शिलान्यास गरेका हुन् । उक्त अवसरमा उनले पुर्खौली सम्पतिहरु सम्पदाको संरक्षण गर्ने उदेश्यले धेरै बर्ष भग्नाबशेषको रुपमा रहेको र हराएर गएको लान्चापली पाटी पुनःनिर्माण गर्न लागेको बताए ।  

कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष कृष्णनारायण दुमरु र सचिव महाबीर अमात्यले हराउन थालेको पाटी पुननिर्माण हुन खोज्नु खुसीको कुरा भएको बताए। नेपाल भाषाको लान्चापलीको अर्थ पहिलापहिला नगरकोटबाट आउने बटुवाहरु पर्खेर जाने बाटोभन्दा माथिको पाटी हो।

प्रकाशित: ३१ जेष्ठ २०७८ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App