२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हास्य शैलीमा त्रासद यथार्थ

धनी देशमा कुकुरको फोटो खिच्न पनि अनुमति चाहिन्छ रे। हाम्रो देशमा बिनाअनुमति गिट्टी कुट्दै गरेका, च्यातिएको लुगा लगाएका नागरिकहरूको फोटो मात्र कहाँ हो र, भिडियो नै खिचेर सामाजिक सञ्जालमा हाल्दै उनीहरूले नै पैसा कमाउँछन्। यसप्रति पुस्तकमा नमिठो वाण प्रहार गरिएको छ।

सोभियत संघका झझल्काहरू

सोभियत संघमा विदेशी विद्यार्थीहरूको अध्ययन घतलाग्दो हुन्थ्यो। तेस्रो विश्वका विद्यार्थीहरू एउटै कक्षा र छात्रावासमा भेट हुन्थे। अश्वेतहरूले जीवनमा सम्मान पाएको महसुस गर्थे। उनीहरू आफ्नो देशको कला, भाषा र संस्कृतिका प्रतिनिधि थिए। त्यहाँ उनीहरूले एकअर्काको संस्कृतिलाई आदर गर्न सिके।

समयको छालमा लहरिएको जीवन

समयको छाल बहुतै शक्तिशाली हुन्छ। यसलाई कसैले रोक्न सक्दैन, छेक्न सक्दैन। न त यसको बाटो नै कसैले बदल्न सक्छ। बरु समयको छालले नै बदलिदिन्छ सबैथोक। त्यसैले समयसँगै हिँड्नुपर्छ मान्छे। समयको छालसँगै बग्नुपर्छ मान्छे।

शब्दकोशमा शब्द प्रविष्टि र ॐ

शब्दकोश ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक आदि विषय क्षेत्रका सूचनासँग सम्बन्धित हुन्छ। कोशको मूल उद्देश्य अर्थसम्बन्धी सूचना दिनु त रहेको हुन्छ नै, यद्यपि यसमा शब्दसँग सम्बन्धित अन्य सूचनाहरूलाई पनि प्रस्तुत गरेर शब्दका बारेमा यथेष्ट जानकारी दिने उद्देश्य राखिएको हुन्छ।

बन्दी सिपाही

उनको कथा सुन्दा लाग्थ्यो–गणतन्त्र आएपछि गाउँका आमा, दिदी, भाउजूहरूले जँड्याहा लोग्नेको कुटाइ खाएर रुनुपर्दैन, मेरा बाले दसैं मान्न ऋण खोज्नु पर्दैन र मेरी आमाले फाटेको बर्को ओढ्नुपर्दैन। साहु आएर गोठमा बाँधेको गाई फुकाएर लैजाँदा मेरी आमा रोएजस्तो अब कुनै आमा रुनुपर्दैन।

वार्षिक नाटक मञ्चनको पर्खाइमा रामपुरवासी

शैक्षिक जागरण मात्र होइन समाजलाई जीवन्त राख्ने कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम नाटकको पुनः सञ्चालन कहिले होला?

अभिनेत्री कोइरालालाई बेलायती संसदमा सम्मान

चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसद्मा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ।

समस्यापुर

सरकारले जनतालाई समस्या ठान्दा रहेछन्। च्याउसरी उम्रेका राजनीतिक पार्टीहरू र तिनका नेताहरू देशको ठूलो समस्या रहेछन्।

आशीर्वाद

उसले जिन्दगीको रंगीन सपना देख्न थाल्यो धेरै माथि उड्ने लालसाले महत्त्वाकांक्षाको पखेटा फिंजाउँदै भन्यो,“स्वामी मलाई शिखरमा नै पुर्‍याइदिनुस्!

यस्तै संवेदनशील आमा हृदय चिन्ने सन्तान हृदय भेटिएला कि कतै?

छातीमा टाँसेर सन्तानलाई चिसो लाग्न दिइनन् अनुपमाले। सन्तान स्नेहले उनलाई निजी पीडा बिर्सायो। बालकलाई अरूको लाखले दिन नसक्ने न्यानो आमाको काखले दिइरहेको बुझ्न मुस्किल थिएन।

कामाख्याको टिकट दर्शन

असमको हाइवे ४७ मा मिनीबसको गति पनि चर्कै छ। शायद ड्राइभरले कुर्नुपरेको समय पनि व्यवस्थापन गर्न खोजिरहेको हुन सक्छ। हाम्रो कुनै गुनासो छैन। यात्रा भनेको यस्तै हो।

त्यो दशैं अनि यो दशैं

फुर्किदैं मावला पुगिन्थ्यो, रोटे पीङ खेल्ने ठाउँमा गइन्थ्यो, नजिकै पोखरी थियो। आफ्ना उमेरका, अलिक साना केटी हेरेर मक्ख परिन्थ्यो। बेलाबेला खल्ती छामिरहिन्थ्यो, कतै पैसो त हराएको छैन भनेर। यदि हरायो भने त त्यो राम्री केटीलाई कसरी आफ्नी बनाउनू? कसरी भगाउनू? कसरी नयाँ राम्रा लुगा, गहना किनिदिनू?

संसारकै धनी जस्तो लाग्थ्यो दशैंमा

साहुबाट बाउआमाले ऋण लिएपछि,सूचीकारले घरमै आई लुगा सिएपछि। संसारकै धनी जस्तो लाग्थ्यो दशैंमा, दक्षिणामा मामाले नयाँ पैसा दिएपछि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्