अधुरो मुहारचित्र
सादा पानामा पेन्सिलले कोरिरहन्छु। एक्कासी ठुल्ठुला आँखा आकार आउँछ। मिलेका परेली अनि अव्यक्त प्रेम बोलिरहेका आँखा !
सादा पानामा पेन्सिलले कोरिरहन्छु। एक्कासी ठुल्ठुला आँखा आकार आउँछ। मिलेका परेली अनि अव्यक्त प्रेम बोलिरहेका आँखा !
‘कसले लेखेको? कस्तो डायरी?’ म छक्क पर्दै प्रश्नमाथि प्रश्न गर्छु। ‘मेरी आमा टिचिङ अस्पतालमा सरसफाइको काम गर्नुहुन्छ। म नर्सिङ पढ्दै छु। घर झापा, हाल कोटेश्वर बस्छौं आमा र म। बुबा झापातिरै बस्नुहुन्छ।’ उनी मलाई नहेरी भन्छिन्।
सरसामानसहित शरीरको चेकजाँचपश्चात् बल्ल जेलभित्र गएर बन्दीलाई भेट्ने समय मिल्यो। म त्यो बन्दीलाई पहिलोपटक भेट्दैछु। ऊ पीडित र निर्दोष भएको भन्दै उसको घरपरिवारले मलाई पटकपटक बुझिदिन अनुरोध गरेपछि म स्थानीय जनप्रतिनिधि र छिमेकी भएका नाताले उसलाई भेट्न आएकी थिएँ। मेरो भेट्ने पालो आएकै थिएन, त्यतिकै उभिरहन्छु।
तीन वर्षपछि ‘क्याप साब’सँग भेट भएको थियोे। म भाइ भेट्न राष्ट्रिय सेवा दलको मुख्यालय पुगेकी थिएँ। अमन उस्तै रहेछ।
म उनको कार्यक्रमको सुरक्षार्थ खटिएको छु। मेरै मातहतको टोलीले सबै जिम्मेवारी सम्हालेको छ। अहिलेसम्म उनको पार्टीको कार्यक्रम भव्य र सभ्य तरिकाले चलिरहेको छ।
छोरीको वचनले हिउँजस्तै चिसो भयो विजय। समय अनि परिस्थितिसँगै मान्छेको बानीव्यवहार र सम्बन्ध बदलिँदै जानेरहेछ। यस्तैमा रमा घरभित्र पसिन्। बिजुली बत्ती बालिन्।
म आज धेरैपछि इलाम अनि यही कोठामा आइपुगेकी छु। कोठामा पसेपछि सबैभन्दा बढी अमनको सम्झनाले बेसरी रुवाउँछ। अमनले टेकेको कोठा, ऊ बस्ने कुर्सी सबैसँग बेहद माया छ। उसकै रोजाइका झ्यालका पर्दा हावाले हल्लाएर मलाई छुँदा पनि अमनले नै छोएर गएको जस्तो लाग्छ ।
‘पापिनी, तैंले मलाई सधैंभरिलाई छोडेर हिँडिस्। पहिला निकम्मा गरिब भनेर छोडिस्। सँगसँगै नभए पनि एउटै आकाश ओढेर बाँचेका छौं भन्ने सम्झेर मन बुझाउँथें। अब त त्यो पनि रहेन। अरू जे भए पनि घाँटीमा पासो लगाउँदै गर्दा पनि मलाई सम्झिनस् है?
उनको कथा सुन्दा लाग्थ्यो–गणतन्त्र आएपछि गाउँका आमा, दिदी, भाउजूहरूले जँड्याहा लोग्नेको कुटाइ खाएर रुनुपर्दैन, मेरा बाले दसैं मान्न ऋण खोज्नु पर्दैन र मेरी आमाले फाटेको बर्को ओढ्नुपर्दैन। साहु आएर गोठमा बाँधेको गाई फुकाएर लैजाँदा मेरी आमा रोएजस्तो अब कुनै आमा रुनुपर्दैन।
चिठीका हरफ सरसर्ती पढें अनि रोएँ। म रोएकाले होला, पेटको बच्चा चलमलायो। चिठीसँगै नयनको स्नेह अनि हृदय सबै पोको परेर आएको रहेछ। चिठी पेटमा राखेर बिस्तारै भनें, ‘तिम्रा बाबाको चिठी !’ बल्ल बच्चा अलि चलमलाउन छोड्यो।
त्यो अनजान सहरमा ऊसँग सबैभन्दा सुरक्षित महसुस गरिरहेकी थिएँ। पहिलोपटक उसको अँगालो मलाई दुनियाँमा सबैभन्दा प्रिय लागेको थियो। सम्पूर्ण रूपमा उसका अगाडि समर्पित भएकी थिएँ। मलाई कसैको डर थिएन। म संसारको सबैभन्दा सुरक्षित स्थान र प्यारो मान्छेसँग थिएँ।
साँझ परेपछि माओवादीको डर, बिहानपख सेनाको डर। बिहान घरमाथिको डाँडामा सेना देख्दा हाम्रो ओठ–तालु सुक्थ्यो। हामी सर्वसाधारण दुवैतर्फबाट असुरक्षित थियौं। ठाउँ हुनेहरू त गाउँबाट भागेर हिँडिसकेका थिए। हाम्रो त भागेर जाने ठाउँ पनि थिएन।
‘मायाले मात्रै दुनियाँ चल्दैन। हेर, म अर्काकी श्रीमती, दुई बच्चाकी आमा। उमेरमा पनि तिमीभन्दा ठुली छु। म दुई परिवारलाई तहसनहस पार्न चाहन्नँ। तिम्रो मप्रतिको प्रेम बुझेकी छु निरोज। हामी एकै रथका दुई पांग्रा कहिल्यै बन्न सक्दैनौं।’