लक्ष्य: म्हपूजाको विश्वव्यापीकरण
म्हपूजा काठमाडौंका मूलवासी नेवारको प्रमुख चाड हो । देवी–देवताको पूजा गर्ने परम्परा त जहाँ पनि होला । तर आफ्नै शरीरलाई पूजा गररे धुमधामसँग पर्व मनाउने चलन नेपालमा बाहेक विश्वमै कतै नहोला । त्यसैले यो विशिष्ट र अद्वितीय छ।