‘बुह्रान’ थारु समुदायका लागि सपनाको बिम्ब हो र आफ्नो थातथलो खोसिएपछि बाध्यतावश स्विकार्नुपरेको भूगोलको नाम पनि हो। ठोस रूपमा बुह्रान नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया,
कैलाली र कञ्चनपुरको भूभाग हो। यो अनेक ठाउँबाट बसाइँ सरी आउनेबाट आवाद भएको भूमि हो।
म्हपूजा काठमाडौंका मूलवासी नेवारको प्रमुख चाड हो । देवी–देवताको पूजा गर्ने परम्परा त जहाँ पनि होला । तर आफ्नै शरीरलाई पूजा गररे धुमधामसँग पर्व मनाउने चलन नेपालमा बाहेक विश्वमै कतै नहोला । त्यसैले यो विशिष्ट र अद्वितीय छ।
अहिले बुद्ध धर्म र बौद्ध दर्शनमा चाख लिनेको संख्या दिनानुदिन बढिरहेको छ । रुचि लिएर भरखरै अध्ययन शुरु गर्नेको लागि अनेकन समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । कहाँबाट शुरु गर्ने, कसरी बुझ्ने इत्यादि ।