७ वैशाख २०८१ शुक्रबार
कला

समाज अर्थात् ईंटको थुप्रो

कविता

मान्छेहरू

ईंटाजस्तै हुन्

ढुंगाजस्तै हुन्

आपसमा थुप्रिएर

परिवार बनाउँछन्

समाज बनाउँछन् ।

 

ईंटा, ढुंगा

जतिसुकै सँगसँगै बसे पनि

नजिकिएर टाँसिएर बसे पनि

उनीहरू कहिल्यै एकै ढिक्का हुँदैनन्

किनभने उनीहरू माटो होइनन् ।

 

कहिल्यै उनीहरू

आपसमा घुल्दैनन्

किनभने उनीहरू पानी होइनन् ।

 

कहिल्यै उनीहरू

आपसमा विलय हुँदैनन्

किनभने उनीहरू प्रकाश होइनन् ।

 

बरु एक–अर्कालाई थिचेर मिचेर

अनि बेलाबेला झगडेर

आपसमा टकराउँदै ठोक्किएर

टुक्राटुक्रा हुन्छन् ।

 

फेरि कहिले अर्को ईँटको थुप्रोसित

लडाईं गर्दै धुलो धुलो भइदिन्छन्

जसलाई उनीहरू वीरता भन्छन् ।

 

यही नै उनीहरूको इतिहास

उनीहरूको मनोविज्ञान

उनीहरूको समाजशास्त्र ।

 

यही नै

उनीहरूको भविष्य !

 

प्रकाशित: २५ भाद्र २०७७ ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App