२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

डी. आर.ले ल्याए खोक्पा

साहित्यकार डी.आर.को खोक्पा कथासंग्रह प्रकाशित भएको छ।  उक्त कथासंग्रह पेज टर्नरले बजारमा ल्याएको हो।

गीति लेखनमा ख्याति कमाएको डी.आर.को तिलस्मी उपन्यासपछि सो कथासंग्रह बजारमा आएको  हो। संग्रहमा बूढो रूख, पुच्का, परिवर्तन, परिणाम, हराएको सपना, रवि, नयाँ बाकस, गाड्धन, लाहुरेको निसानी, मायाको चिनो र लङ्गडो साथी गरी एघार कथा सङगृहीत छन्।

कथामा प्रकृति र मानिस बिचको सम्बन्ध, वैदेशिक रोजगारीले पिल्सिएको नेपाली समाज र समाधानको बाटो, जेष्ठ नागरिकहरूको पीडा, बाल्यकालीन स्मृति, ग्रामीण जीवन शैली, स्थानीय भाषा, संस्कार र सस्कृतिलाई कथाकारले सुन्दर ढगले प्रस्तुत गरेका छन्।

कथाकारले प्रकृति संरक्षणको सचेतना, खस्कँदो मानवीय संवेदनाप्रति चिन्ता, सम्बन्ध र सहकार्यप्रति चासो पनि देखाएका छन्।

कथामा समाजका विवधि पक्ष समेटिएका छन्। उनले समाजको विकृति मात्रै उठाएका छैनन् समाधानको भरपर्दो बाटो पनि देखाएका छन्। उनले प्रस्तावनामा लेखेका छन्, ‘आमाले दिएको अमूल्य जीवनलाई सार्थक बनाउन साहित्यभित्र फेरि अर्को जीवन खोज्ने प्रयास गरेको छु।’

यसअघि यिनका यात्रा संस्मरण सेन्टोसा, अनुभव र अनुभूति समयको डोब, उपन्यास तिलस्मी जस्ता कृति प्रकाशित छन्। फाेटाेग्राफी पेशालाई जीवन निर्वाहकाे बाटाे अपनाएका यिनका सयाैं गीत रेकर्ड भएका छन्। समीक्षा र समालाेचनामा पनि यिनले उत्तिकै कलम चलाएका छन्।

प्रकाशित: १० कार्तिक २०८० ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App