११ मंसिर २०८१ मंगलबार
image/svg+xml

यती एयरलाइन्सको पोखरामा रात्री उडान सुरु

निजी क्षेत्रको हवाई कम्पनि यती एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं रुटमा रात्री उडान सुरु गरेको छ। हवाईयात्रुको माग बढ्दै गएको भन्दै यतीले रात्री उडान थालेको हो। यतीले आइतबार राती यो रुटमा पहिलो रात्री उडान गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संचालनमा आएको आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ। तर, त्यो पनि नियमित कमाई भने होइन। संचालनको आठ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलले अन्तर्राष्ट्रिय यात्रु र जहाजबाट हुने आम्दानी गुमाईरहेको थियो।

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौँ उडान पुनः सुरु गर्ने

भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ।

दुई महिनापछि सुरु भयो पोखरा–जोमसोम उडान

अहिले निजी हवाई कम्पनि समिट एयरले पोखरा–जोमसोम रुटमा उडान थालेको छ। निजी क्षेत्रको अर्काे हवाई कम्पनि तारा एयरले पनि भदौ २५ गतेदेखि यही रुटमा उडान गर्ने तयारी थालेको छ। समिटले अहिले एउटा जहाजबाट उडान सुरु गरेको छ। ताराले पनि सुरुवाती चरणमा एउटा जहाज पोखरामै राखेर उडान गर्ने बताएको छ।

दुई महिनादेखि नियमित उडानको प्रतिक्षामा रेसुङ्गा विमानस्थल

आजदेखि नियमित उडान भर्ने नेपाल एयरलाईन्सले जनाएपनि उडान हुन नसकेको हो । गत असारमा विमानले अन्तिम उडान भरेको थियो ।

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ। लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो।

अब नियमित उडान

सदरमुकाम सिमकोटसहित उपल्लो हुम्लामा यातायातका साधन नचल्ने भएकाले अनुदानको खाद्यान्न, नुनलगायत सामग्री हेलिकोप्टरले कर्णाली करिडोरको स्यालतडीबाट ढुवानी गर्न थालेका छन्।

मुस्ताङको यातायात सम्पर्कविच्छेद

मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँग यातायात सम्पर्कविच्छेद भएको छ।बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिकादेखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुँदै प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सडक सम्बन्ध टुटेको हो।

कर्णालीको कहर

कसैले कसैलाई छिः छिः र दूरः दूरः गर्‍यो भने ‘कर्णालीलाई हेपे जस्तो’ भन्ने प्रतिक्रिया प्राप्त हुन्छ जोकसैको मुखबाट पनि। खासमा सबैतिरबाट हेपिएका कारण नै कर्णाली हेपाइ र पिल्साइको पर्याय बन्न पुगेको हो।

मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ। पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द भएका छन ।

सिम्रिक एयरको उडानमा रोक, बदनियतपूर्ण तरिकाले अफवाह फैलाइयो-सिम्रिक

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको छ। प्राधिकरण र विभिन्न विमानस्थललाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि सिम्रिक एयरको उडानमा साउन २६ गतेदेखि रोक लगाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए।

आजदेखि सिम्रिक एयरको सबै उडानमा रोक

प्राधिकरणलाई तिर्नुपर्ने रु ४६ लाख नतिरेकाले शुक्रबार(आज) देखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्