१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नवराज पाठक हत्या प्रकरण : परिवार विचल्लीमा

शनिबार राती सशस्त्र प्रहरीको गोलीबाट मारिएका नवराज पाठकको घरपरिवारमात्रै नभई नमोबुद्ध–४, सिद्धिविनायक बस्ती नै शोकमा डुबेको छ ।

धादिङमा एमाले कार्यकर्ताको हत्या

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ ।

भोट हालेर फर्किएका कलाकार विक्रम परियारको हत्या

नेपाली रंगमञ्चमा सक्रिय कलाकार विक्रम परियारको हत्या भएको छ। स्थानीय तह पहिलो चरणको निर्वाचनमा मतदान गर्न तनँहू ब्यास पुगेका उनको अज्ञात समूहको आक्रमणमा मृत्यु भएको हो।

भारतमा नतिजाबाट असन्तुष्ट बाह्र विद्यार्थीद्वारा आत्महत्या

भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।

केडिया अपहरणका 'मास्टरमाइन्ड' बब्लुको अदालतमै गोली हानी हत्या

वीरगञ्जका व्यापारी सुरेश केडियाको अपहरणका मुख्य योजनाकार भारतीय अपराधी बब्लु दुबे अदालत परिसरमै मारिएका हुन्। गत वर्ष भएको विरगञ्जका व्यापारी केडियाको अपहरणको अनुसन्धानमा दुबे मुख्य योजनाकार रहेको खुलेको थियो। उनी बिहीबार भारत विहारको बेतिया कोर्ट परिसरमै मारिएका हुन्।

उम्मेदवारका छोराको हत्याले शोकमा डुब्यो जुँगु, त्रासमा स्थानीय

जुँगु सदरमुकाम चरिकोटदेखि ५८ किलोमिट पूर्वको गाउँ हो। माओवादी नेता एवं पूर्व सांसद देवी खड्का, जिल्ला अध्यक्ष विशाल खड्का र पोलिट्ब्युरो सदस्य गंगा कार्कीको राजनीतिक पृष्ठभूमि यही गाउँसँग जोडिन्छ। जनयुद्ध कालमा सेनाले मारेका  ऋतबहादुर खड्काको यो गाउँलाई माओवादीले ‘शहीदको रगत सिञ्चेको’ भनेर टिप्पणी गर्ने गर्छ। कांग्रेस—एमालेले बुथ कब्जाको आरोप लगाए पनि संविधान सभाका दुवै निर्वाचनमा माओवादीले यो गाउँबाट बहुमत पाएको थियो।

उम्मेदवारका छोरा हत्या अभियोगमा ८ पक्राउ

एमाले र माओवादी कार्यकर्ताबीचको झडपमा उम्मेदवार छोराको हत्या अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। गए राति गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा एमाले वडा सदस्य उम्मेदवारका छोरा कुलबहादुर तामाङ हत्या अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो।

खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका कोइराला पक्राउ

खुकरी प्रहार गरी हत्या गरेर फरार भएका कास्की पोखरा महानगरपालिका–५ घर भई मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार बस्ने २७ बर्षीय पारस कोईरालालाई प्रहरीले पक्राउ गरेको छ।

अमेरिकाले किमको हत्या योजना बनाएको उत्तर कोरियाको दाबी

त्तर कोरियाली शासक किम जोन उनलाई अमेरिकी गुप्तचर संस्था सीआइएले हत्या प्रयासको योजना बुनेको खुलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी कोरियाली शासक किमको भेटवार्ताको वातावरण बनाउन सीआइएका निर्देशक दक्षिण कोरिया आएका बेला उत्तर कोरियाले अमेरिकामाथि यस्तो आरोप लगाएको हो।

सोमालियाका पुनःनिर्माण मन्त्रीको हत्या

अज्ञात व्यक्तिले गोली प्राहार गर्दा सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका हत्या भएको छ ।

धादिङमा एमाले उम्मेदवारद्धारा आत्महत्या

धादिङमा एमाले उम्मेदवारले आत्महत्या गरेकी छन्। मंगलबार दिउसो धुनीबेसी नगरपालिका वडा नं. ३ को दलिततर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले आत्महत्या गरेकी हुन् ।

बाबुद्वारा छोरीको हत्या, अर्की छोरी गम्भीर

इलाम नगरपालिका–७, का राजु चौधरीले आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन्। चौधरीले ८ वर्षीया छोरी विरूपाको हत्या गरेको र अर्की छोरी ३ वर्षीया मीरालाई पनि घाँटी थिचेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

दुई वर्षे बालकको अपहरणपछि हत्या

सिरहाको नरहा गाउँपालिका–३ खोरियाबाट अपहरित दुई वर्षे बालक रमन यादवको शव हत्या गरि गाडिएको अवस्थामा शुक्रबार फेला परेको छ।

कस्मिरमा सामाजिक सञ्जाल प्रतिबन्ध गरेको भोलिपल्ट तीन भारतीय सैनिकको हत्या

भारतको अधिनस्थ काश्मिरमा बिहीबार बन्दूकधारीको आक्रमणमा परी कम्तिमा तीन सैनिकको मृत्यु भएको छ। यो घटना सो इलाकामा भारतीय अधिकारीले फेसबुक, ट्वीटरलगायतका २२ वटा समाजिक सञ्चार माध्यमलाई बन्द गर्ने आदेश दिएको एक दिनपछाडि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्