धादिङ- धादिङमा एमाले उम्मेदवारले आत्महत्या गरेकी छन्। मंगलबार दिउसो धुनीबेसी नगरपालिका वडा नं. ३ को दलिततर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले आत्महत्या गरेकी हुन् ।
साविकको जीवनपुर ७ थुम्की घर भएका मिजारले झुण्डिएर आत्महत्या गरेकी हुन् । माओवादी केन्द्रको दवाव सहन नसकेर आत्महत्या गरेको एमालेका राजेन्द्र न्यौपालेने आरोप लगाएका छन्। केन्द्रका मानिसले उनलाई धम्क्याएको उनको आरोप छ।
प्रकाशित: २० वैशाख २०७४ ०८:१८ बुधबार