२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

उम्मेदवारका छोरा हत्या अभियोगमा ८ पक्राउ

दोलखा—एमाले र माओवादी कार्यकर्ताबीचको झडपमा उम्मेदवार छोराको हत्या अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। गए राति गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा एमाले वडा सदस्य उम्मेदवारका छोरा कुलबहादुर तामाङ हत्या अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो।

बुढाथोकीलाई सदरमुकाम चरिकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागी राजधानी लगिएको छ। माओवादी केन्द्रका उम्मेद्वार भरतको ढाडका शरिरका पछाडिका भागहरूमा गम्भीर चोट लागेको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहाराले घटनामा संलग्न भएको अभियोगमा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए। मृतक कुलबहादुर एमालेका वडा सदस्य उम्मेदवार गोरे तामाङका छोरा हुन्। पक्राउको नाम सार्वजनिक गरिएको छैन।

गएराति ९ बजेदेखि सुरु भएको झडपमा गम्भीर घाइते भएका एमाले कार्यकर्ता कुलबहादुर तमाङको सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा परी एमाले निकट शिक्षक दिलबहादुर बुढाथोकी र माओवादी केन्द्रका वडाध्यक्ष उम्मेद्वार भरत कार्की गम्भीर घाइते छन्। बुढाथोकीलाई सदरमुकाम चरिकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागी राजधानी लगिएको छ। माओवादी केन्द्रका उम्मेद्वार भरतको ढाडका शरिरका पछाडिका भागहरूमा गम्भीर चोट लागेको छ।

यसरी भयो झडप
मंगलबार राती पूर्व राज्यमन्त्री एवं माओवादी केन्द्रकी नेतृ देवी खड्का सहित जुँगु १ का वडाध्यक्ष उम्मेदवार भरत कार्की लगायत नेता कार्यकर्ता जुँगुकै चेत्पु, राजपु, दार्खा लगायतका टोलहरूमा घरदैलो सकेर जुँगु २ स्थित खड्काको कसेरीमा रहेको घर फर्कदै थिए। स्थानीयका अनुसार दुवारी भन्ने ठाउँमा पुगेपछि माओवादी केन्द्रको टोलीमाथि एमाले निकट युवाको टोलीले अवरोध गर्दै आक्रमण गरेको थियो।

‘मलाई लक्षित गरेर हामीमाथि ढुङ्गामुढा र बियरको बोतल हान्न थालियो, सम्झाउने पटक पटक प्रयास गरे, संयम्ता अपनाउन आग्रह गरेँ’ माओवादी केन्द्रकी नेतृ खड्काले टेलिफोनमा नागरिकन्युज सँग भनिन् – ‘नमानेपछि हाम्रा साथीहरू प्रतिकारमा उत्रिनुभयो, त्यसपछि झडप भयो।’ ज्यान जोगाउन गाह्रो हुने देखिएपछि माओवादी कार्यकर्ताले नेतृ खड्कालाई सुरक्षित स्थानमा लुकाएका थिए।

स्थानीयले टेलिफोनमा दिएको जानकारी अनुसार दुवारीको उक्त झडपपछि माओवादी केन्द्रका कार्यकर्ताहरु एक घरमा पसेर एमालेका वडा सदस्य उम्मेदवार गोरे तमाङका छोरा कुलबहादुर तमाङ र शिक्षक दिलबहादुर बुढाथोकी बसिरहेको घरमा आक्रमण गरेका थिए। त्यहाँ समेत दुई पक्षबीच झडप भएको थियो। माओवादी कार्यकर्ताको आक्रमणबाट तमाङ र बुढाथोकी गम्भीर घाइते भएका छन्।

सूचना थाहा पाउना साथ प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहारो र जिल्ला प्रहरी प्रमुख डिएसपी रविन कार्कीले मैनापोखरीमा रहेका प्रहरी निरीक्षक नवराज न्यौपानेको कमाण्डको टोलीलाई घटनास्थलमा पुग्न निर्देशन दिएका थिए। प्रहरी टोलीले तमाङ र बुढाथोकीलाई राती नै उद्धार गरी सदरमुकाम ल्याएको हो।

प्रजिअ बोहोराले उपचारका क्रममा राति नै तामाङको मृत्यु भएको बताए। ‘अर्का घाइतेलाई राती नै थप उपचारका लागि काठमाडौँ पठाएका छौं’ बोहोराले भने, ‘घटनाबारे विस्तृत अनुसन्धान गर्दैछौं।’ प्रहरी प्रमुख कार्की आफैँ घटनास्थलमा पुगेका छन्।

प्रकाशित: २७ वैशाख २०७४ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App