६ आश्विन २०८१ आइतबार
image/svg+xml

लेखनाथमा पहिरोले घर पुरिँदा ४ बालबालिकाको मृत्यु

अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा लेखनाथ-४ खरानीफाँटमा बिहीबार चार जनाको ज्यान गएको छ। पहिरोमा परेर दुई बालक र दुई बालिकाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ।

पहिरोले मुग्लिन सडक अवरुद्ध

चितवनको कालीखोलामा पहिरो खसेर आज बिहानदेखि मुग्लिन सडक अवरुद्ध भएको छ । राति परेको वर्षापछि चण्डिभञ्ज्याङ गाविसको जोखिम क्षेत्र मानिएको कालीखोलामा पहिरो खस्दा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुग्लिनको पहिरोले उपत्यकासम्मै जाम

काठमाडौं-दैनिकजसो जाने पहिरोका कारण मुग्लिन–नारायणगढ राजमार्गखण्डमा रोकिने सवारीसाधन एकैपटक छुट्दा पृथ्वी राजमार्गदेखि राजधानीसम्मै जाम हुने गरेको छ।

पहिरोले २ लाख रुपैयाँबराबरको अलैंची पुरियो

भोजपुर– शनिबार रातीको भीषण वर्षले भोजपुरको पश्चिमी तिम्मा पेक्लुमा पहिरो जाँदा अलैंची खेती पुरिएको छ। पहिरोले स्थानीय तिम्मा ५ का सन्जिव राई, प्रमोद राई, रामकुमार राई र शिवध्वज राईको अलैंची खेती पुरिएको हो।

म्याग्दीको शिखमा पहिरोले दुईतले घर भत्कियो, एकको मृत्यु

म्याग्दीको शिख गाविस–२ टोल्केबासमा शनिबार विहान पहिरोले घर भत्किँदा एकको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोले घरमा भत्किँदा ८६ वर्षीय आइतसिंह दमाईको मृत्यु भएको छभने उनकी श्रीमती ८३ वर्षीया रुपा दमाई घाइते भएकी छन्। विहानपख पहिरोले घर भत्किँदा बृद्ध दमाईको ज्यान गएको हो।

पहिरोले भक्तपुरका भूकम्पपीडितको उठिबास

भक्तपुर-चारदेखि परिरहेको अविरल वर्षाले पहिरो आउँदा भक्तपुरको नगरकोट सडक छेउछाउका बस्ती पहिरोको जोखिममा परेका छन्। भूकम्पले घर भत्केपछि सडक छेउछाउ टहरा बनाएर बसेका पीडित चार दिनयताको अविरल वर्षासँगै पहिरो जान थालेपछि टहराबाट पनि उठिबास भएका छन्।

बागलुङमा तीनको मृत्यु, बाढीपहिरोले २६ घर बगायो

काठमाडौं– अविरल वर्षासँगै आएको बाढी, पहिरोले बागलुङमा मानवीयसहित करोडौंको क्षती भएको छ। पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन् भने २६ घर बाढीले बगाएको छ। मृत्यु हुनेमा राजकुत—७ का सन्तबहादुर तामाङकी छोरी तुजी तामाङ(८), डिकी तामाङ(२२) , दर्लिङ—७की यमुना बुढा(१८) छन्।

पहिरोले घर पुरिँदा ४ को मृत्यु

पाल्पा- अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा पाल्पामा एउटै परिवारका ३ सहित ४ जनाको ज्यान गएको छ। गोठाडी–५, दमारमा पहिरोले घर पुर्दा ४५ वर्षका तामबहादुर कनौजे, उनकी श्रीमती खगीसरा कनौजे र छोरी यसोदा कनौजेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

‘सदन सरकार बनाउन र गिराउन व्यस्त: बाढी डुबान र पहिरोले जनता बिचल्ली’

निरन्तरको अविरल वर्षाले देशभरका विभिन्न भूभाग डुबान र पहिराको उच्च जोखिम परेका हुँदा स्थानीय समुदायलाई उद्धार गर्न र बाढीपहिराले पुर्याएको जनधनको क्षति, उद्धार तथा राहतका बारेमा सदनलाई जानकारी गराउन सांसदहरुले सरकारसित माग गरेका छन्।

पहिरोले सात घर पुरियो, १ को मृत्यु

लगातारको वर्षाका कारण सिद्धार्थ राजमार्ग सडक खण्डअन्तर्गतको दोभान झुम्सामा पहिरो खस्दा ७ घर पुरिएका छन्। घर पुरिँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको। पहिरोले घर पुरिँदा तिलोत्तमा उच्च माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत अस्मिता विकको मृत्यु भएको छ।

पहिरोले कोसी राजमार्ग पुरियो

धनकुटाको खुरिलामा गएको पहिरोले कोसी राजमार्ग पुरिएको छ । लगातार बर्षा भएपछि सोमबार विहान पहिरो झरेको थियो । ठूलाठूला ढुंगा झरेको कारण सडक पूर्णरुपमा अवरुद्ध भएको छ।

पहिरोले चार परिवार विस्थापित

घर माथिबाट झरेको पहिरोका कारण ताप्लेजुङको नाल्बुमा चार घर परिवार विस्थापित भएका छन्। आइतबार नाल्बुु गाविस– ५ मा पहिरो झर्दा श्यामबहादुर साँवा, समिर नाल्बो, सन्जमान श्रेङ चोङवाङ र मनिहाङ श्रेङ चोङवाङको परिवार विस्थापित भएका हुन्।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट- 'दुई दिन भईसक्यो पहिरो गएको अझै हटाउन सकिएको छैन। एसमोडमा अलपत्र परियो। न त बस्ने बास छ न त खाने गास छ। ठूलो दुःख पाइयो।'

पहिरोले भोटोकोसी थुनियो, क्षति विवरण आउन सकेन

सिन्धुपाल्चोक- गए राती सीमा नाका तातोपानीमा भोटेकोसी नदी थुनिएपछि त्यस क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ। तर त्यस क्षेत्र सडक र सञ्चार सम्वन्ध विच्छेद भएकाले क्षतिको विवरण आउन सकेको छैन।

पहिरोले ६ जना पुरिए, तीन जनाको उद्दार

उत्तरी गोरखाको केरौंजामा पहिरो खस्दा ६ जना पुरिएका छन्। केरौंजा बेसीबाट केरौंजा जाँदै गरेका ६ जना अचानक पहिरो खसेपछि पुरिएका हुन्। पुरिएका मध्ये तीजजनाको उद्दार गरिएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्