१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोले ६ जना पुरिए, तीन जनाको उद्दार

गोरखा–उत्तरी गोरखाको केरौंजामा पहिरो खस्दा ६ जना पुरिएका छन्।  केरौंजा बेसीबाट केरौंजा जाँदै गरेका ६ जना अचानक पहिरो खसेपछि पुरिएका हुन्। पुरिएका मध्ये तीजजनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। अन्य तीनजनाको उद्दार कार्य जारी रहेको गोरखाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।

मंगलबार करिब ११ बजे केरौंजा बेसीबाट केरौंजा जानेक्रममा अचानक माथिबाट झरेको पहिरोले उनीहरु पुरिएका थिए। पहिरोले ४५ वर्षीया काजीमाया गुरुङ, ३० वर्षीया किनमाया गुरुङ, १५ वर्षीय सन्दिप गुरुङ उमेर नखुलेका सुकराम गुरुङ ४० वर्षीय तंगे गुरुङ र उकाल गुरुङलाई पहिरोले पुरेको थियो।

तीमध्ये तुंगे गुरुङ, उकाल गुरुङलाई उद्दार गरी माछा पोखरी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अर्का एक जनाको पनि उद्दार गरी स्वास्थ्य चौकी लगिएको छ भने बाँकी तीन जना अझै पनि पहिरोमा पुरिएका छन्। उनीहरुको उद्दार कार्य भइरहेको डिएसपी थापाले जनाए। अहिले सो स्थानमा नेपाल प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाको उद्दार गरिरहेका छन्।

 

प्रकाशित: २१ असार २०७३ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App