१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

भुटानी शरणार्थी प्रकरणमा फरार प्रतीक थापा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका प्रतीक थापालाई प्रहरीले पक्राऊ गरेको छ।

उनी नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन।प्रहरीले उनलाई काठमाडौको बौद्धबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ। 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालयले बादल पुत्र थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।  

२०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए। २०८० वैशाख २१ मा प्रेस विज्ञप्ति जारी गरी प्रतीकले आफू यसमा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताएका थिए । तर प्रहरी अनुसन्धानकै क्रममा उनी फरार थिए। 

प्रकाशित: १४ असार २०८१ २०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App