१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रास्वपा समीक्षा प्रतिवेदन विवाद: महामन्त्री ढकाललाई स्पष्टीकरण सोधियो

समीक्षा प्रतिवेदनको विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।पार्टीको अनुशासन भङ्ग गरेको भन्दै शुक्रबार साँझ महामन्त्री ढकाललाई स्पष्टीकरण पत्र थमाएको हो।

उक्त कुरालाई रास्वपा सह प्रवक्ता प्रतिभा रावलले पुष्टि गरिन्। ‘स्पष्टीकरण सोधिएकोसम्म जानकारी छ । यसबारे थप जानकारी मलाई पनि भएको छैन,’ उनले भनिन्। 

स्रोतका अनुसार आयोगले थमाएको स्पष्टीकरणमा महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा अनुचित कुरा उठाएको र ती बुँदाहरू मिडियामा सार्वजनिक गरेर पार्टीको मर्यादा विपरीत काम गरेको उल्लेख छ। जसले पार्टी र नेताको सार्वजनिक छविमा नोक्सानी पुगेको ब्यहोरा रहेको स्रोतले बतायो।

उता अर्का सह प्रवक्ता मनिष झाले भने स्पष्टीकरण नसोधिएको दाबी गरेका छन्।

प्रकाशित: १४ असार २०८१ १९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App