६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्युठानमा पहिरोले पुरिएर एकै परिवारका ५ सहित ८ जनाको मृत्यु

प्युठानमा गएराति पहिरोले पुरिँदा ८ जनाको ज्यान गएको छ। जिल्ला प्रहरीका कार्यालयका अनुसार गएराति प्युठानको रजवारामा ५ जना र पूजा गाविसमा ३ जनाको घटनास्थलमै पुरिएर ज्यान गएको हो।

पहिरोले गुम्दाको लघु जलविद्युत् अवरुद्ध, २६० परिवार अँध्याराेमा

गोरखा– अविरल वर्षापछि झरेको पहिरोले गोरखाको गुम्दास्थित माग्लुङखोला लघुजलविद्युत् आयोजना फेरि अवरुद्ध भएको छ। गत वर्ष वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको लघुजलविद्युत् आयोजना स्थानीयवासीले मर्मत गरेको एक साता नबित्दै पहिरो झरेपछि आजदेखि अवरुद्ध भएको स्थानीयवासी भीमप्रसाद गुरुङले जानकारी दिए।

पहिरोले फलेनी गाविसका १२ घर विस्थापित

लमजुङ- तीनदिन देखि लगातार भएको बर्षाका कारण पुर्वी भेगको फलेनीको एक बस्तीछेवैमा ठूलो पहिरो बग्न थालेपछि गाउँका १२ घर विस्थापित भएका छन्।

पहिरोले दुई घर पुरिए, महाकालीलोकमार्ग अवरुद्ध

बैतडी-बैतडीमा पहिरोले दुई घर पुरिएका छन। गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा २ वटा घर पुरिएका हुन। धनीभुल र राजु भुलको घर पुरीएको गोकुलेश्वर प्रहरीचौकीका ईञ्चार्ज भिमबहादुर मल्लले जानकारी दिए।

पहिरोले टहरा बगाएपछि गाउँउले बस्ती छाडे

पहिरोले गाउँ बगाउने खतरा भएपछि उत्तरी गोरखाको केरौंजाका दुई सय धुरीले घर छाडेका छन् । केरौंजा वडा नम्बर १, २ र ४ का एक सय १३ धुरी गाउँमाथि रहेको जंगलछेउ नयाँ अस्थायी टहरा बनाउन जुटेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले तत्काल अन्यत्रै स्थानान्तरण गर्न नसक्ने भन्दै गाउँनजिकै सुरक्षित ठाउँमा बस्न स्थानीयलाई भनेको हो ।

पहिरोले टहरो पुरिँदा दुई बालकको मृत्यु

अविरल वर्षासँगै पहिरो जादाँ नुवाकोटको बुङताङ– ४ मा टहरा पुरिदाँ दुई बालककोे ज्यान गएको छ। भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका मेघबहादुर तामाङको घर पुरिदाँ १३ वर्षका छोरा आइतराम तामाङ र ६ वर्षका आशिस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

मुग्लिनमा पहिरोले थिच्दा कार कच्याककुचुक, सवाधानी अपनाउँदा यात्रु जोगिए

लामो समय जाम हुने नारायणगढ मुग्लिन सडक खण्डाको यात्रा असुरक्षित पनि हुन थालेको छ। सोमबार मध्यरातमा भएको घटनाले सो सडकमा यात्रा गर्दा ज्यानै जोखिममा पर्ने खतरा बढेर गएको छ।

पहिरोले छेक्न थाल्यो सडक

चितवन– घोषित रुपमा दिउँसो चार घन्टा बन्द हुँदै आएको असार १ गतेयता पूरै समय चालु हुने भनिए पनि निर्माणाधीन नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्न थालेपछि आवागमन असहज र पट्यारिलो बन्दै गएको छ । पहिरो पन्छाउन समय लाग्ने भएकाले यात्रु र मालवाहक गाडी घन्टौं जाममा पर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्