२० वैशाख २०८१ बिहीबार
image/svg+xml

खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन वृद्धि भएको छ। दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो।

खोटाङमा ‘बागी’को उम्मेदवारी फिर्ताले गठबन्धनलाई सहज

खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनविरुद्ध परेको नेपाली काँग्रेसकै नेताको ‘बागी’ उम्मेदवारी फिर्ताले नतिजा ल्याउन सहज देखिएको छ।

खोटाङमा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा

दश स्थानीय तह रहेको खोटाङ जिल्लामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि हुँदै जानुको मुख्य कारण गरिबी देखिएको छ।

एभरेष्ट साप्ताहिकका सम्पादकको खोटाङमा भीरबाट खसेर मृत्यु

धरानबाट हङकङ गएर दुई दशकयता पत्रकारिता गरिरहेका किसन राईको खोटाङमा भीरबाट खसेर खोटाङमा मृत्यु भएको छ।

खोटाङमा जिसस प्रमुखसहित आठ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिका सदस्य रञ्जना राई लगायतले आईतबार जिल्ला निर्वाचनको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्।

खोटाङमा संक्रमण जित्नेको संख्या बढ्दै

पछिल्लाे केहि सातायता खोटाङमा काेराेना संक्रमण जित्नेको संख्या बढ्दै गएकाे छ। मंगलबारसम्ममा सक्रिय संक्रमितको संख्या ६ सय ७९ हुँदा संक्रमण जित्नेको संख्या ८२३ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ।

खोटाङमा संक्रमितको संख्या १ हजार १६४ पुग्यो, ३८२ जनाले जिते कोरोना

खोटाङका ३८२ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय खोटाङका अनुसार आइतबारसम्ममा १ हजार १६४ जनालाई संक्रमण हुँदा २०९ पुरुष र १२० महिलाले संक्रमण जितेका हुन् ।

खोटाङमा नेकपा माओवादी केन्द्रको कार्यालय पुनःस्थापना

सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताइदिएको तीन हप्तापछि नेकपा माओबादी केन्द्रले बिहिबार दिक्तेलको भवनगैरामा आफ्नो कार्यालय पुःर्नस्थापना गरेको हो। भवनगैरामा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रदेश सांसद रामकुमार राई पासाङले पार्टी कार्यालय उद्घाटन गरेका थिए।

खोटाङमा ८० प्रतिशत रोपाइँ सकियो

खोटाङमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएकामा आइतबारसम्ममा ८० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

खोटाङमा बन्यो कांग्रेसको छायाँ सरकार

स्थानीय तहमा हुने गलत कामको खवरदारी गर्न भन्दै नेपाली कांग्रेस खोटाङले छायाँ सरकार र अनुगमन समिति बनाएको छ। सदरमुकाम दिक्तेलस्थित वीपी स्मृति भवनमा बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले स्थानीय तहमा हुने गलत कामको रेखदेख गर्न भन्दै १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा छायाँ सरकार र ४ स्थानीय तहमा अनुगमन समिति गठन गरेको हो।

खोटाङमा २१ योजना अलपत्र

खोटाङ जिल्ला प्रशासन कार्यालयले ठेक्का सम्झौताअनुसार समयमै काम पूरा नगर्ने ठेकेदारको सूची गृह मन्त्रालयमा पठाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले जिल्लामा सञ्चालित विकास निर्माणका काम तोकिएको समयमै नगर्ने १२ देखि १५ ठेकेदारको नाम मन्त्रालयमा पठाइएको बताए। उनले भने, ‘नाम संकलन अझै पनि जारी छ।’

खोटाङमा एक पुरुष मृत फेला

खोटाङ नेर्पाका डेगबहादुर सार्की मृत फेला परेका छन्। केही दिन देखि घर छाडेर हिँडेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४४ वर्षीय डेगबहादुर आइतबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा मृत भेटिएका हुन्।

खोटाङमा समता स्कुल

मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट शिक्षाको प्रबन्ध गर्दै आएको समता स्कुलले खोटाङमा पनि पठनपाठनको तयारी गरेको छ। नेपालमा सन् २००१ बाट सुरु भएको समताले ४४ औं जिल्लाका रूपमा खोटाङमा नयाँ शैक्षिक सत्रदेखि पठनपाठनको अन्तिम तयारी गरेको हो।

खोटाङमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने

२५औं राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा हुने भएको छ । नेपाल बालसाहित्य समाज काठमाडौंको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बालसाहित्य सम्मेलन गर्ने टुंगो गरिएको हो । बालसाहित्यमा लोकसाहित्यको प्रभाव, अभिभावक र बालसाहित्य, बालसाहित्यमा बालअधिकार र कर्तव्यलगायतका विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्तत्र्रिmया एवं बालपुस्तकको प्रदर्शनी गरिने समाजले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्