५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

खोटाङमा एक पुरुष मृत फेला

खोटाङ – खोटाङ नेर्पाका डेगबहादुर सार्की मृत फेला परेका छन्। केही दिन देखि घर छाडेर हिँडेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४४ वर्षीय डेगबहादुर आइतबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा मृत भेटिएका हुन्।

मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवा खण्डमा स्थानीयको घडेरीमा डेगबहादुर शव इँटा बोक्ने भरियाले फेला पारेर खबर गरेको सोल्माका वडाध्यक्ष हर्कबहादुर खत्रीले बताए। मृतकको शवसँगै रक्सीको बोतल फेला परेको प्रहरीले जनाएको छ।

मृतकको शव पहिचानपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको डिएसपी लोकदर्शन थापाले बताए। उनको अधिक रक्सी सेवनकै कारण मृत्यु भएको अनुमान गरिएको छ।

डेगबहादुर तीन दिनअघि घरबाट हिँडेको आफन्तले बताएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडाध्यक्ष माधव राईले बताए। मृतकको शव घडेरीको कुनामा मुन्टो दोब्रिएको अवस्थामा भेटिएको थियो।

प्रकाशित: २० जेष्ठ २०७५ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App