११ असार २०८१ मंगलबार
image/svg+xml

काँग्रेस निर्वाचन केन्द्रीय परिचालन समिति बैठकः निर्वाचन–२०७९ को प्रतिवेदन पारित

नेपाली काँग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ।

नेपालगन्जमा २०४९ पछि कांग्रेसको पुनरागमन

नेपाली कांग्रेसको बलियो पकड भएको भनिएको नेपालगन्जको नेतृत्वमा यसअघिका दुई कार्यकाल पनि पूर्णतया खाली भने थिएनन्। २०५४ मा कांग्रेसका सुरेन्द्र हमाल र २०७४ मा उमा थापामगर उपप्रमुख निर्वाचित भएका थिए।

बुटवल र भैरहवामा कांग्रेसको अग्रता

रुपन्देहीका स्थनीय तहहरूमा मत गणना भइरहेको छ। मतगणना सुरु भएका स्थानीय तहहरूमा कांग्रेसले अग्रता लिएको छ।

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

चौधरीको आत्मकथा मंगोलियन भाषामा

चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ। यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्बियन, रसियन भाषामा प्रकाशित भइसकेको छ।

कांग्रेस एकमहिने अभियानले फाटेको मन जोड्ला?

नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा नेतृत्वका लागि भएको प्रतिस्पर्धाले गाउँ तहसम्म गुटगत विभाजन देखियो। पार्टी नेतृत्वमा टिक्ने र पुग्ने होडबाजीमा वडा तहका नेता तथा कार्यकर्तासम्म विभाजित भएका थिए।

कांग्रेसको संस्थापनभित्र उम्मेदवारको आधिकारिकता विवाद

नेपाली कांग्रेसको १४औं अधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनमा संस्थापन (शेरबहादुर देउवा) पक्षभित्र सभापतिको आधिकारिक उम्मेदवारका विषयमा विवाद उत्पन्न भएको छ।

सहमति जुटाउन नेताहरूको दौडधुप

प्रतिनिधिसभामा फागुन ८ गते पेस भएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे संसद्मा बिहीबारदेखि निर्णायक छलफल प्रारम्भ हुँदैछ।

एमसिसी परियोजना नेपालको हितमा छ, पास गर्नुपर्छ: डा. प्रकाशशरण महत

उनी नेपाली कांग्रेसको प्रवक्ता मनोयन भएकोमा बधाइ ज्ञापन गर्न नेपाल प्रेस युनियनले आज आयोजना गरेको कार्यक्रममा डा. महतले यो परियोजना जतिसक्दो चाँडै संसद्मा पेश गरी पारित गर्नुपर्नेमा जोड दिए।

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्बद्ध नवलपरासीका विभिन्न पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन्।

बाँके कांग्रेसमा संस्थापन इतर प्यानलको उम्मेदवार घोषणा

उक्त प्यानलले यी उम्मेदवारको नाम केही दिनअघि नै टुंगो लगाइसकेको थियो। सभापति पदका उम्मेदवार गौडेलले एक महिनादेखि नै प्रचार–प्रचार गर्दै आएका थिए।

युवा कांग्रेस हो, उठ

बिपीकै आसयअनुसार, युवा कांग्रेस हो, उठ। आस्था, इमानदारी र आत्मविश्वासको छाती लिएर उठ। सपना र संकल्पको दृष्टि लिएर उठ। अनि सगरमाथमाको चुचुरो टेक्ने उद्देश्य लिएर उठ। युवा कांग्रेसकै संकल्पमा पार्टी र मुलुकको भविष्य गाँसिएको छ।

देउवालाई अर्को अवसर

नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्। अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो। कांग्रेस निर्वाचन समितिबाट शनिबार प्रमाणपत्र लिएलगत्तै देउवाले केन्द्रीय समितिको बैठकमार्फत सभापतिका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन्। पहिलो कार्यकालका रूपमा साढे पाँच वर्ष गुजारेका देउवाले पार्टी संगठन सुधारका लागि उल्लेख्य काम गर्न सकेनन्।

कांग्रेस महाधिवेशनः लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

महेन्द्रकुमार शर्माले एक हजार ७७३, लेखनाथ पोखरेलले एक हजार ५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गरेकाे कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

देउवालाई दुई तिहाइ

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरूको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्