१० मंसिर २०८१ सोमबार
image/svg+xml

परिमार्जन बिनाको संशोधन विधेयक अस्विकार गर्ने फोरम नेपालको निर्णय

संघीय समाजवादी फोरम नेपालले संसद्मा प्रस्तुत संशोधन विधेयकलाई परिमार्जन नगरिए त्यसलाई यथास्थितिमा स्वीकार नगर्ने निर्णय गरेको छ । मधेशी मोर्चा–संघीय गठबन्धनले राखेको २६ बुँदे माग र मुद्दालाई विधेयकले बेवास्ता गरेको निष्कर्ष निकाल्दै फोरम नेपालले आफ्नो सहमतिका आधारमा परिमार्जन भएको खण्डमा मात्रै त्यसलाई स्वीकार गर्ने औपचारिक निर्णय गरेको हो ।

संशोधन परिमार्जनमा साझा धारणा

नयाँ शक्ति पार्टी र संघीय गठबन्धनले संविधान संशोधन विधेयक परिमार्जनमा साझा धारणा बनाउने भएका छन्। नयाँ शक्ति र संघीय गठबन्धनको बिहीबार राजधानीमा बसेको संयुक्त बैठकमा यस्तो सहमति भएको हो। बैठकमा परिमार्जनसहित विधेयक पास गर्न दबाब सिर्जना गर्ने सहमति पनि भएको छ।

परिमार्जन मस्यौदा बनाउन मधेसी मोर्चाको गृहकार्य

मधेसी मोर्चाले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकमा गरिनुपर्ने संशोधनबारे धारणा बनाउन गृहकार्य सुरु गरेको छ। संशोधन विधेयकको कुनकुन बुँदामा परिमार्जन गर्ने भन्नेबारे मोर्चाका दोस्रो तहका नेताहरूले छलफल सुरु गरेका छन्। उनीहरूले शीर्ष नेताहरूसँग छलफल गरेर परिमार्जनको मस्यौदा सरकारसमक्ष प्रस्ताव गर्ने भएका छन्।

संविधान संशोधन विधेयक परिमार्जन सहित पारित हुन्छ: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई परिमार्जन सहित पारित गर्नुपर्ने बताएका छन्। खोटाङको दिक्तेल नगरपालिका–१० मेवाखोला दोभानमा शुक्रबार १ मेगावाट क्षमताको मेवाखोला हाईड्रोपावर उद्‍घाटन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले संशोधन विधेयकका कतिपय दफाहरु राष्ट्रिय हित अनूकुल नभएका कारण परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका हुन्।

परिमार्जनसहित संविधान संशाेधन विधेयक पारित गराउने सत्ता साझेदार दलकाे निर्णय

रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेकाे सरकारमा संलग्न प्रमुख दलसहित मधेशी मोर्चाको बैठकमा व्यबस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भूमिका निर्वाह गर्ने सहमति भएकाे छ।

परिमार्जनसहित संशोधन विधेयक पारित गर्न गठवन्धनको आग्रह

मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले परिमार्जन सहित संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ। संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत दुई तिहाई पुर्याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न गठबन्धनले सरकारलाई पनि आग्रह गरेको हो।

परिमार्जनसहित संविधान संशोधन निकासको सुत्रः भट्टराई

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले राजनीतिक विवाद समाधानको सुत्र परिमार्जनसहित संविधान संशोधन भएको बताएका छन्। मधेसी, आदिवासीको माग समेटेर संविधानमा आवश्यक संशोधन भए मात्र संविधान कार्यानवयनको बाटो खुल्ने उनको भनाइ छ।

परिमार्जनसहित प्रस्ताव अगाडि बढाउन गठबन्धनको माग

संघीय गठबन्धनले संविधान संशोधनका विषयमा देखिएको अन्योल सर्वोच्च अदालतको आदेशपछि स्पष्ट भएको निष्कर्ष निकालेको छ। बुधबार बसेको गठबन्धनको बैठकले सर्वोच्चको आदेशपछि संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खुलेको भन्दै सरकारले प्रस्ताव परिमार्जनसहित अगाडि बढाए समर्थन गर्ने निर्णय गरेको छ।

परिमार्जनसहित संविधान संशोधन विना निर्वाचन असंभव : महताे

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभएसम्म निर्वाचनको कल्पना गर्न नसकिने बताएका छन्। परिमार्जनसहित संविधावन संशोधन नगरी निर्वाचन घोषणाको औचित्य नरहेको भन्दै उनले ६ महिनासम्म चलेको आन्दोलनमा उठेका माग सम्वोधन नभएसम्म निर्वाचनको कल्पना गर्न नसकिने बताए।

परिमार्जन नभए संशोधनको तुक छैनः यादव

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको नाममा सरकारले आजभोलि भन्दै आलटाल गरिरहेको आरोप लगाएका छन् । उनले संशोधन प्रस्ताव परिमार्जन गरेर नल्याए त्यसको कुनै तुक नरहने समेत बताए ।

शंसोधन प्रस्ताव अपुरो छ, परिमार्जन गरौंः भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले संविधान शंसोधन प्रस्ताव अपुरो भएका कारण परिमार्जन गर्नुपर्ने बताएका छन्। ‘यो अझै पनि अपुरो छ। एमालेसँग पनि अझै छलफल गरौं। आन्दोलनरत मधेसी, थारु र अन्य जातजातिको पनि माग पुरा हुने गरेर परिमार्जनसहितको शंसोधन प्रस्ताव लैजाउँ’ शुक्रबार भरतपुरमा भएको कार्यक्रममा नेता भट्टराईले भने।

संशोधन प्रस्ताव परिमार्जन गरेर पारित हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दहालले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जन हुने बताएका छन्। संसदमा दर्ता संशोधन प्रस्ताव संसदीय प्रक्रियाअनुसार परिमार्जन भएर पारित हुने उनको दाबी छ।

संशोधन प्रस्ताव परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न सकिने बताएका छन्। उनले निर्वाचनमार्फत संविधान कार्यान्वयन गर्ने उद्देश्यले संशोधन प्रस्ताव दर्ता गरिएको बताउँदै त्यसलाई फिर्ता भने कुनै पनि हालतमा नलिने स्पष्ट पारे।

संशोधन प्रस्ताव परिमार्जन गरे मान्य हुन्छः महतो

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन गरे मोर्चालाई मान्य हुने बताएका छन्। विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी संशोधन प्रस्ताव सुधार गरे मोर्चालाई मान्य हुने बताएका हुन्।

फेसबुकले आफ्नो ट्रेण्डिङ फिचर परिमार्जन गर्यो

विश्वको चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो टे«ण्डिङ फिचरलाई परिमार्जन गर्दै नयाँ ट्रेण्डिङ फिचर ल्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्