७ आश्विन २०८१ सोमबार
image/svg+xml

विराटनगरमा पुनः अर्को मोबाइल पसल चोरी

दुवै चोकमा प्रहरीको डिउटी हुने भए पनि पसल चोरी हुँदा सर्वसाधरण र व्यापारीहरु असुरक्षित महसुस भएको बताएका छन्।

मोबाइल पसलमा चोरी

यसअघि सटर फुटाएकै ठाउँबाट पुनः सटरको ताला तोडेर पसलमा चोरी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चोरीमा पहिलेकै गिरोह संलग्न हुनसक्छ।

टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ। जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो।

मुक्तिनाथका ग्राहकलाई आगन्तुकमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

रेनोको शुभ कार.–रम्भ

नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना रेनो शुभ कार.–रम्भको सुरुआत गरेको छ। यो योजनाअन्तर्गत रेनो गाडीको खरिदमा नगद तीन लाखसम्मको कुल फाइदा प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

स्प्राइटको प्रोमोसनल अभियान

पेय पदार्थ स्प्राइटले स्क्रिन टाइम प्रोमोसनल अभियान चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ शीर्षकको योजना सुरु गरेको छ।

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो।

सरल मूल्यमा सुविधायुक्त रेनोल्ट काइगर

काइगर मोडलमा २ सय ५ एमएम ग्राउन्ड क्लियरेन्स रहेकाले नेपालको कुनै पनि सडक कन्डिसनलाई उपयुक्त हुने अटोमोबाइल कम्पनीका महाप्रबन्धक अधीर श्रेष्ठले बताए। २८ लाख ४९ हजार रुपैयाँ मूल्य पर्ने रेनोल्टको काइगर मोडल कम्प्याक्ट एस.यू.भी. सेगमेन्ट सबैभन्दा बढी सुविधासम्पन्न रहेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए।

साउन १ देखि अवैध रुपमा भित्रिएका मोबाइल नचल्ने

दूरसञ्चार प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन भन्दै २०७३ सालदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आइएमइआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ।

सुनसरीका कोरोना संक्रमित पत्रकार भन्छन्ः घरमै डाक्टर आउँदा आत्मबल बढ्यो

सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधि तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन्।

सवा करोड पुगे मोबाइल बैंकिङ प्रयोगकर्ता

राष्ट्र बैंकका अनुसार २०७६ चैतदेखि २०७७ पुस मसान्त (जुन लकडाउनको उत्कर्षमा रहेको समय हो) अवधिमा एटिएम ७.८३, डेबिट कार्ड ११.१३, क्रेडिट कार्डको संख्या १२.५५ र प्रिपेड कार्डको संख्या १७.८२ प्रतिशतले बढेको छ।

टिभिएसले पब्जी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने

यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुटुथजडित स्कुटर टिभिएस एनटर्क१२५ को ट्यागलाइन पे स्मार्ट रहेको कम्पनीले जनाएको छ। च्याम्पियनसिप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरु हुने कम्पनीले जनाएको छ।

मोबाइल पड्किँदा किशोरीको मृत्यु

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो।

लयमा फर्कियो सार्वजनिक यातायात

कोभिड–१९ ले थिल्थिलो भएको सार्वजनिक यातायात लयमा फर्किएको छ। सार्वजनिक यातायातमा यात्रुको चहलपहल मात्रै बढेको छैन, अटोमोबाइल र यातायात व्यवसाय पनि क्रमशः पुरानै लयमा फर्किन थालेको छ। लकडाउन कोरोना संक्रमण चर्किएका बेला घर र ग्यारेजमा थन्किएका सवारी साधन राजमार्गमा बाक्लै देखिन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्