२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यालयमा बाढी पस्याे, पठनपाठन बन्द

जुम्लाको तिला गाउँपालिका-६ रुखेडास्थित देवीमहादेव माविको भवनभित्र बाढी पस्दा विद्यालय भवनमा क्षति पुग्नुका साथै पठनपाठनका सामग्रीहरु पुरिएका छन् ।

पढ्दै कमाउँदै कार्यक्रमबाट कमाउँदै विद्यार्थी

विद्यालयको गेटमा लेखिएको छ ‘विद्यालयभित्र लिएको ज्ञानलाई व्यवहारमा लागू गरौं’। त्यही ज्ञानलाई मूर्त रूप दिन दाङको सिद्धरत्ननाथ मावि नारायणपुरका विद्यार्थीहरू लागिपरेका छन्।

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ।

विद्यालय जान उमेरले छेकेन: नब्बे वर्षमा कक्षा १ मा पढ्दै

पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन्।

जग्गाको टुंगो नलाग्दा बनेन भौतिक पूर्वाधार

लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको एक वर्ष पूरा भए पनि भौतिक पूर्वाधार निर्माणका विषय अझै टुंगो लागेको छैन। लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको उक्त विश्वविद्यालयका लागि जमिनसमेत टुंगो लाग्न सकेको छैन।

प्रधानाध्यापकको क्षमता मापन गर्दै सरकार

विद्यालयको सफलताका पछाडि शिक्षक र प्रधानाध्यापकको भूमिका विशेष हुने गर्छ। शिक्षक र प्रधानाध्यापक सक्षम र इमानदार हुन नसक्दा सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार हुन नसकेको चर्चा हुने गरेको छ।

ग्रिनल्यान्डको जित

ग्रिनल्यान्डले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ। ग्रिनल्यान्डले आयोजक ग्रिनफिल्ड ए लाई ५०–३८ ले पराजित गर्‍यो।

बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ। जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो।

आँखा पाक्ने रोगको कारण भक्तपुरका विद्यालय धमाधम बन्द

चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ।

नपढाउने शिक्षकलाई कारबाही हुने

नपढाउने शिक्षकलाई कारबाही हुने भएको छ।दैलेखको नारायण नगरपालिकाले आफ्नो कर्तव्य पुरा नगर्ने (नपढाउने) शिक्षकलाई कारबाही गर्ने भएको हो।

सेब र एक्सेल्सियरको जित

सेब र द एक्सेल्सियर स्कुलले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आज जित हात पारेका छन्।

विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने

नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन्।

विद्यालय व्यवस्थापन समितिको चुरो

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सबै सामुदायिक विद्यालयमा भैरहेका व्यवस्थापन समिति विघटन गर्ने कार्यले विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विषय पुनः चर्चामा आएको छ।

सुदूरपश्चिम विश्वविद्यालमा एक महिनादेखि तालाबन्दी

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ।

अन्तरविद्यालय बास्केटबलमा इबिएलाई सफलता

इडेन ब्रिज एकेडेमी (इबिए) ले मंगलबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्