१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सेब र एक्सेल्सियरको जित

सेब र द एक्सेल्सियर स्कुलले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आज  जित हात पारेका छन्।

सेबले आयोजक ग्रिनफिल्ड बी लाई ५२–२७ ले पराजित गर्‍यो । सेबको जितमा धीरज जोराले १३ अंक योगदान गरे। रुसिप मुनिकारको १५ अंक सहयोगमा एक्सेल्सियरले एस्फोडेललाई ३६–१७ ले हरायो।

सिनियर ब्वाइजमै हार्टल्यान्डले न्यु जेनिथलाई ३१–२१ तथा हेम्सले एलआरआईलाई ६४–५३ ले पाखा लगाए । हार्टल्यान्डका विकास भण्डारीले १९ तथा हेम्सका हेमन्त राजवंशीले ३४ स्कोर गरे।

जुनियर ब्वाइजमा श्री नवीन ज्योतिले ग्रिनफिल्ड बी लाई १८–१३, ग्रिनफिल्ड ुसीु ले बाल दीक्षालाई १९–१६, स्वप्न वाटिकाले नेपाल पुलिस स्कुललाई १८–१२ र इडेन ब्रिज एकेडेमी(इबीए) ले न्यु जेनिथलाई १२–६ ले पन्छाए । श्री नवीन ज्योतिका शंसांक गिरीले ६, ग्रिनफिल्ड ुसीु का मोहित ओडेले ६, स्वप्ना वाटिकाका मन्दिपले १३ र इबीएका आदित्यले ७ अंक जोडे ।

सिनियर गल्र्समा संस्कृतिले न्यु जेनिथलाई ३४–१४ तथा इबीएले आदित्यलाई १२–३ ले पराजित गरे । संस्कृतिकी सर्मद्धि शाहले ८ तथा इबीएकी मेणुका मगरले ७ अंक बटुले ।

प्रकाशित: ३२ श्रावण २०८० १५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App