१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

ग्रिनल्यान्डको जित

ग्रिनल्यान्डले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ। ग्रिनल्यान्डले आयोजक ग्रिनफिल्ड ए लाई ५०–३८ ले पराजित गर्‍यो।

सिनियर ब्वाइजमै कान्तिपुरले नेपालयलाई २६–१४, पुष्पसदनले जेनिथलाई ३६–३२, स्वर्णिमले एलआरआईलाई ३८–२७, पिपुल्स एकेडेमीले सिद्धार्थ बनस्थलीलाई ३७–१५ र सेबले रेडिअन्टलाई ३५–३३ ले हराए।

जुनियर ब्वाइजमा रेडिअन्टले त्रिज्योतिलाई २६–९, सेबले पिपुल्सलाई १७–७ र ज्ञान निकेतनले स्वप्न वाटिकालाई २८–१२ ले पाखा लगाए। सिनियर गल्र्समा एलआरआईले ग्रिनफिल्ड बी लाई १२–१० ले पन्छायो।

प्रकाशित: १ भाद्र २०८० १५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App