१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

अन्तरविद्यालय बास्केटबलमा इबिएलाई सफलता

इडेन ब्रिज एकेडेमी (इबिए) ले मंगलबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पारेको छ।

बाफलस्थित ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भइरहेको प्रतियोगितामा इबिएले हिमरश्मिलाई २२–१७ ले हराउँदै सुखद सुरुआत गरेको हो। इबिएका आदित्य श्रेष्ठले २० स्कोर गरे। सिनियर ब्वाइजमा जेनिथले हार्टल्यान्डलाई ५२–२१, पिपुल्स एकेडेमीले निलयमलाई २२–१०, पुष्पसदनले न्यु जेनिथलाई ३५–१८ तथा काठमाडौं भ्याली, छाउनीले ओराकल रेलाई २७–११ ले हराए। जेनिथका रोनिश तामाङले १५, पिपुल्सका विवेक भण्डारीले ६, पुष्पसदनका रेवन्त यादवले ९ र काठमाडौं भ्यालीका, छाउनीका दीपेश तामाङले २३ अंक जोडे।

सिनियर गल्र्समा रिब्स ‘ए’ ले काठमाडौं भ्याली, छाउनीलाई २०–७, जेसिस इन्टरनेसनलले रिब्स ‘बी’ लाई १९–६, काष्ठमण्डप विद्यालयले ग्रिनफिल्ड ‘बी’ लाई २९–९, साइ निलयमले ग्रिनफिल्ड ‘ए’ लाई २३–१५ र हिमरश्मिले इबिएलाई १५–७ ले पाखा लगाए। रिब्स ‘ए’ की नौशिका लिम्बुले ९, जेसिसकी स्मृति थापाले १०, काष्ठमण्डपकी रिया राईले ८, साई निलयमलकी रश्मि श्रेष्ठ र दिपिशा थापाले समान ७–७ तथा हिमरश्मिकी निमा तामाङले ११ अंक  जोडे।

 

 

प्रकाशित: ३१ श्रावण २०८० ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App