८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नदीमा सवारी साधन नखस्ने संरचना आवश्यक

पूर्व गृहमन्त्री माधव घिमिरे वेपत्ता रहेको सडक दुर्घटनाको छानबिन गर्न गठित समितिले तत्काल सडकका छेउमा दुर्घटना भै हाले पनि सवारीसाधन नदीमा खस्न रोक्न सक्ने बलियो संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएको छ।

संविधान संशोधन प्रस्तावमा राष्ट्रिय सहमती आवश्यकः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावमा राष्ट्रिय सहमती आवश्यक रहेकाले सहमतीको प्रयासमा रहेको बताएका छन्।

संविधान कार्यान्वयन गर्न संशोधन आवश्यकः मन्त्री खाँड

रक्षामन्त्री बालकृष्ण खाँडले संविधानको पूर्ण कार्यान्वयनका लागि संविधानको संशोधन आवश्यक रहेको बताएका छन्।

'स्थानीय तह पुनःसंरचनालाई टुंगोमा पुर्याउन सबैको सहयोग आवश्यक'

थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तह पुन संरचनालाई चाँडै टुंगोमा पुर्याउन सरकारलाई सवै दलहरुको साथ चाहिएको भन्दै सहयोगको याचना गरेका छन् । लिम्बू जातिले मनाउने चासोक तङनाम(न्वागी खाने) पर्वको उद्घाटनका लागि बुधबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुुगेका राज्य मन्त्री जवेगुले स्थानीय निकायको पुर्नसंरचनालाई अन्तिम रुप दिन सबै दल एक ठाँउमा उभिनुुपर्ने बचाए ।

समयमै निर्वाचन गराउन प्रमुख दलहरुबीच सहमति आवश्यक: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले तोकिएको समयभित्रै स्थानीय निर्वाचन गराउन राजनीतिक दलहरुबीचको असहमति अन्त्य गर्नुपर्ने बताएका छन्। सोमबार गाईघाटमा आयोजित जिल्ला निर्बाचन कार्यालय उदयपुरको भवन सिलान्यास कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले ०७४ माघ ७ गते भित्रै स्थानीय तहको निर्बाचन गरिसक्नुपर्ने कानुनी बाध्यता स्मरण गराउँदै त्यसका लागि दलीय सहमति अनिवार्य भएको बताएका हुन्।

आवश्यक कानुन नबन्दा काममा बाधा

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका अध्यक्षहरूले तत्काल ऐन संशोधन गर्न र आवश्यक अन्य कानुन बनाउन सरकारसँग माग गरेका छन्। उनीहरूले तत्काल ऐन संशोधन गरी आवश्यक अन्य कानुन नबनाइए आफूहरूले काम गर्न नसक्ने चेतावनी पनि दिएका छन्।

‘संविधान संशोधनको विषयमा स्थानीयस्तरमा छलफल आवश्यक’

संविधान संशोधनको विषयमा केन्द्रमा नेताहरुबीच मात्रै छलफल नगरी स्थानीयस्तरमा छलफल गर्न आवश्यक रहेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।

संविधान कार्यान्वयका लागि राष्ट्रिय सहमति आवश्यक: खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । उनले दुवै काम सम्पन्न गर्न प्रमुख दलहरू एक ठाउँमा उभिनुको विकल्प नभएको पनि औंल्याए ।

राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर छलफल भयाे: परराष्ट्रमन्त्री महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भारत संयुक्त आयोगको चौथो बैठकमा राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर छलफल भएको बताएका छन्। नयाँदिल्लीमा हिजो सम्पन्न उक्त बैठकमा भाग लिएर आज अपराह्न स्वदेश फर्कनुभएका उहाँले बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षमा विस्तृत विचारविमर्श भएको बताए।

संविधानलाई सर्वस्वीकार्य बनाउनु पहिलो आवश्यकताः श्रेष्ठ

विश्वको संविधान भन्दा नेपालको संविधान मौलिक अधिकारको सवालमा उत्कृष्ट रहेको दाबी ‘छुटेका मागको लागि संघर्ष गरौं र प्राप्त उपलब्धिलाई संविधान कार्यान्वयन गरी संस्थागत गरौं,’ उनले भने। मधेसी दलले उठाउँदै आएको नागरिकताको सवालमा संविधानले नागरिकता सम्बन्धि सवै माग पूरा गरी सकेको जिकिर गर्दै उनले भने,‘ नागरिकताको सवालमा कुनै माग बाँकी छैन ,अंगीकृत नागरिकता लिएको व्यक्ति देशको उच्च पदमा जान पाउनु पर्ने व्यवस्था विश्वको कुनै पनि देशमा नरहेकोले नेपालमा पनि त्यस्तो सम्भव छैन।’

नेपालको सुरक्षा नीति आधुनिकीकरण गर्न आवश्यकः रक्षामन्त्री खाँड

रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेना र नेपालको सुरक्षा नीतिलाई आधुनिकीकरण गर्नुपर्ने खाँचो औंल्याएका छन्। त्यसका लागि सरकार लागिपरेको मन्त्री खाँडले बताए।

सार्क पुनःसंरचना आवश्यक : प्रधानमन्त्री

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबीच तनाव बढिरहेका बेला बिहीबार राजधानीमा सार्क प्रभावकारिताबारे क्षेत्रीय सम्मेलन सुरु भएको छ। दुई दिन चल्ने सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्क बडापत्र सुधार गरिनुपर्ने बताए।

संविधान संशोधन आवश्यक छैन: कोइराला

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले तत्काल संविधान संशोधनको कुनै आबश्यकता नभएको बताएकी छन्। सोमबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले संविधान संशोधनले देशमा किचलो र अस्थिरता निम्त्याउने भएकाले संशोधन आवश्यक नरहेको बताएकी हुन्।

संविधान संशोधनमा एमाले सहयोग आवश्यकः श्रेष्ठ

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले संविधान संशोधनमार्फत असन्तुष्टहरुको माग सम्बोधन गर्नको लागि प्रमुख राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्। उनले संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यकः नाेबेल बिजेता सेच्ट्म्यान

रसायनशास्त्रमा नोबल पुरस्कार विजेता इजरायलका नागरिक प्राध्यापक सेच्ट्म्यानले प्राविधिक ज्ञानमा आधारित शिक्षाका माध्यमबाट मुलुकलाई छिटो समृद्धि प्रदान गर्न सकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्