ताप्लेजुङ–स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तह पुन संरचनालाई चाँडै टुंगोमा पुर्याउन सरकारलाई सवै दलहरुको साथ चाहिएको भन्दै सहयोगको याचना गरेका छन् । लिम्बू जातिले मनाउने चासोक तङनाम(न्वागी खाने) पर्वको उद्घाटनका लागि बुधबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुुगेका राज्य मन्त्री जवेगुले स्थानीय निकायको पुर्नसंरचनालाई अन्तिम रुप दिन सबै दल एक ठाँउमा उभिनुुपर्ने बचाए ।
प्रेस सेन्टर ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जवेगुले देशका अधिकतर जिल्लाबाट गाँउपालिका निमार्णको प्रतिबेदन आइसकेको भन्दै नआएका जिल्लालाई तीनवटा बिकल्प दिने तयारी भएको बताए । उनका अनुसार पहिलो बिकल्प भनेको स्थानीय दलबीचको अधिकतम् सहमतिको दस्तावेज पुर्नसंरचना आयोगमा आई पुुगोस् भन्ने हो । जवेगुका अनुसार दोस्रो सर्तमा प्रतिवेदन नआइपुुगेका जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुका बीचमा गरिने संवाद र समझदारीलाई पुर्नसंरचनाका लागि आधार बनाउन सकिने छ ।
उनले यि दुई बिकल्पका सहमति नबनेमा पुर्न संरचना आयोगले स्थानीय भूगोल र क्षेत्रलाई आधार मानेर पुर्नसंरचनाको खाका तयार पार्न सकिने उनले संकेत गरेका छन् । यसका लागि पुर्नसंरचना आयोगलाई स्थानीय विकाश मन्त्रालयले सकारात्मक सहयोग गरिरहेको समेत जवेगुले बताए । उनले संविधान निर्माणका क्रममा संगै देखिएका दलहरु कार्यन्वयनको विषयमा पनि एकजुट हुनु पर्ने आवश्यकता रहेको बताए ।
प्रकाशित: २२ मंसिर २०७३ ०९:५१ बुधबार