१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलहरू नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको हो।

निर्वाह भत्ता वृद्धिपछि बिपीका इन्टर्न विद्यार्थीको आन्दोलन स्थगित

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न विद्यार्थीहरूको जीवन निर्वाह भत्तासहितका मागमा सहमति भएपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

सूचना टाँस गरी संसद् बैठक स्थगित

प्रतिनिधिसभाकाे आजको बैठक सूचना टाँस गरी स्थगित भएको छ। बैठक बुधबारसम्मका लागि स्थगित भएको संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। भोलि साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

सरकारको प्रतिबद्धतासँगै निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित

निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन्।

बिजनेस नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ। विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

बैठक सुरू भएलगत्तै एमाले सांसद्हरू सुन प्रकरणमा छानबिनको माग गर्दै उठेका थिए। त्यसपछि सांसद् भैरव सुन्दर श्रेष्ठले बोल्न अध्यक्ष गणेश तिमिल्सेनाले समय दिएका थिए।

ट्राफिक अभियान उपलब्धिविहीन

ट्राफिक प्रहरीले फालो हटाए पनि यातायात व्यवसायीले पुनः जोडेका छन्, जसले ट्राफिक प्रहरीले सञ्चालन गरेको फालो हटाउने अभियान असफल पारिदिएका छन्। फालो हटाउने अभियान कडाइका साथ कार्यान्वयन नगर्दा पनि यातायात व्यवसायीले पुनः फालो जडान गर्न थालेका हुन्।

राष्ट्रिय सभामा एमालेको बिरोध कायमै, बैठक स्थगित

राष्ट्रिय सभा बैठकमा नेकपा एमालेले आज पनि विरोध गरेको छ। बैठक सुरु भएलगत्तै एमालेका सांसद्हरुले उठेर विरोध जनाएका हुन्।

कोशी प्रदेशसभाको बैठक भोली सम्मका लागि स्थगित

कोशी प्रदेशसभाको आज साँझ ८ बजेसम्मका लागि स्थगित भएको बैठक भोली शुक्रबारसम्मका लागि स्थगित भएको छ।

शिक्षक व्यवस्थापन र निःशुल्क शिक्षा माग गर्दै आन्दोलन सुरु

त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा कुल विद्यार्थी संख्या २ हजार ४ सय छ। तर सरकारले अनुदानमा उपलब्ध गराएको शिक्षक संख्या तीन मात्र छ।

संसद् बैठक एक घन्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाले आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्। सांसद्हरुले बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएपछि सभामुखले बैठक १ घन्टाको लागि स्थगित गरेका छन्।

एमालेले रोष्ट्रम घेरेपछि संसद् बैठक स्थगित

नेकपा एमालेले आज संसद् अवरोध गरेको छ। नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुखले बैठक स्थगित गरेका छन्।

राप्रपाले रोष्ट्रम घेरेपछि बैठक स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्ले आकस्मिक समय नदिएको भन्दै रोष्ट्रम घेराउ गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्