१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

सरकारको प्रतिबद्धतासँगै निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित

फाइल तस्बिर

निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन्।

आज सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने  प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन् । मन्त्रीपरिषदबाट पारित शिक्षा विधेयक–२०८० विरुद्ध विद्यालय बन्द सम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकहरूले माग सम्बोधन गर्ने प्रतिवद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले बताए । उनले सरकारले सरोकारवाला पक्षलाई समेटेर प्रस्तावित शिक्षा ऐन अघि बढाउने प्रतिवद्धता जनाएको बताए । उहाँले सरकारको आश्वासन अनुसार सर्वस्वीकार्य शिक्षा ऐन आउने आशा पलाएको बताए। 

हाल कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलन गरेका थिए।

प्रकाशित: २६ श्रावण २०८० १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App