प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाले आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्। सांसद्हरुले बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएपछि सभामुखले बैठक १ घन्टाको लागि स्थगित गरेका छन्।
आइतबार संसदको बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलका सांसदहरु उठेका थिए त्यसपछि सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरे । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा दिएकाे अभिव्यक्तिलाइ लिएर पनि सांसद्हरूले विराेध जनाएका छन्।
प्रकाशित: २१ जेष्ठ २०८० ०७:०७ आइतबार