२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा एमालेको बिरोध कायमै, बैठक स्थगित

राष्ट्रिय सभा बैठकमा नेकपा एमालेले आज पनि विरोध गरेको छ। बैठक सुरु भएलगत्तै एमालेका सांसद्हरुले उठेर विरोध जनाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्तिप्रति दिएपछि एमालेले दुबै सदन अवरोध गर्दै आइरहेको छ।

सांसद्ले उठेर विराेध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले पटक पटक बस्न आग्रह गरेका थिए। सांसद् नबसेपछि अध्यक्ष तिमिल्सेनाले एमालेकी सांसद विमला घिमिरेलाइ बाेल्ने समय दिए। 

सांसद् घिमिरेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताइन्। उनले प्रधानमन्त्री सदनले बनाउँछ कि भारतले बनाउँछ ? भन्दै प्रश्न समेत गरिन्।

एमालेले अडान नछाडेपछि बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ। अर्को बैठक आइतबार बिहान ११ः३१ बजे बस्ने अध्यक्ष तिमल्सिनाले बताए।

प्रकाशित: २२ असार २०८० ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App