२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपाले रोष्ट्रम घेरेपछि बैठक स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्ले आकस्मिक समय नदिएको भन्दै रोष्ट्रम घेराउ गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।  

बुधवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।

बैठक सुरू भएपछि सभामुख  देवराज घिमिरेले बैठकमा बजेटपूर्वको छलफल हुने भन्दै बैठकमा शुन्य समयबाहेको समय नराखिएको जानकारी गराएका थिए। राप्रपाका सांसदहरु उठेर आकस्मिक समयको माग गरेका थिए।

कारबाही अगाडी बढाउ र राख्नु पर्ने विषयमाथी छलफल गरौं भन्दै सभामुखले राप्रपा सांसद्लाई बस्न अनुरोध गरेका थिए । तर राप्रपा सांसद्हरुले नाराबाजी गर्दै रोष्ट्रम नछोडेपछि १५ मिनेटको लागि बैठक स्थगित गरेको जानकारी सभामुख घिमिरेले दिएका थिए। 

प्रकाशित: २७ वैशाख २०८० ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App