२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध पुर्याएपछि स्थगित भएको छ। बैठक सुरू भएलगत्तै एमाले सांसद्हरू  सुन प्रकरणमा छानबिनको माग गर्दै उठेका थिए। त्यसपछि सांसद् भैरव सुन्दर श्रेष्ठले बोल्न अध्यक्ष गणेश तिमिल्सेनाले समय दिएका थिए।  

सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याए।  

अध्यक्ष तिमिल्सेनाले सुन प्रकरणकै विषयमा पटक-पटक बैठकमा अवरोध भइसकेको र सरकारको समेत ध्यानाकर्षण गराइएको भन्दै बसेर बैठक संचालन गर्न दिन आग्रह गरेका थिए। तर एमालेले सांसद्हरूले सरकार गम्भीर नभएको र छानबिन समिति नबनाएको भन्दै बैठक संचालन गर्न दिएनन्।  

एमाले सांसद्ले संसद् चल्न नदिएपछि अध्यक्षले अर्को बैठक साउन २२ गतेका दिउँसो १ बजेर १ मिनेटका लागि बोलाएका छन्। एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानविन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो।

प्रकाशित: १८ श्रावण २०८० ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App