१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेशसभा बैठक बहिस्कार गरेर बाहिरिंदै एमालेका सांसदहरू । तस्बिरः चुमन बस्नेत/नागरिक

कोशी प्रदेशसभा बैठक अनिश्चित कालकालागि स्थगित भएको छ। आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलहरू नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको हो।  

बैठक सुरू भएसँगै राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले सभाध्यक्षले मतदान गर्नु संविधान विपरित भएको भन्दै वैठक बहिस्कार गर्ने बताए । सिटौलाले बैठक बहिस्कार गर्ने बताएपछि राप्रपाका सांसदहरू प्रदेशसभाबाट बाहिरिएका थिए। त्यसपछि नेकपा एमालेका सांसद तिलकुमार म्याङ्वोले सभामुखले असंवैधानिक काम गरेको भन्दै आजको बैठक बहिस्कार गर्ने बताए।

म्याङ्वोले बैठक बहिस्कार गर्ने घोषणा गरेपछि नेकपा एमालेका सांसदहरू नारावाजी गर्दै प्रदेशसभा भवनबाट बाहिरिएका थिए। विपक्षी दलका सांसदहरू बैठक बहिस्कार गरेर बाहिरिएपछि  बुधबारको बैठकका सभामुख इस्रायल मन्सुरीले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको घोषणा गरे। 

प्रकाशित: ६ भाद्र २०८० ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App