१५ मंसिर २०८१ शनिबार
image/svg+xml

जंगल र नदीछेउमै बास, अब पुर्नस्थापनाको जिम्मा स्थानीय तहलाई

कैलारी गाउँपालिकास्थित मिलनपुर मुक्त कमैया शिविरमा बस्दै आएकी रमिता चौधरीलाई सरकारले परिचयपत्र दिएको छ। उनलाई मुक्त कमैया परिचयसहितको कार्ड दिइएको छ। तर, अहिलेसम्म उनले बसोबासका लागि आधिकारिक रुपमा जमिन पाएकी छैनन्। जग्गा नभएकाले उनले घर बनाउन सकेकी छैनन्। उनी जंगलछेउको मुक्त कमैया शिविरमा टहरोमा बसेकी छन्।

कोचिङ कक्षाका लागि बजेट

नौकुण्ड गाउँपालिकाले विद्यालयमा कोचिङ कक्षा सञ्चालनार्थ बजेट विनियोजन गरेको छ। गाउँपालिकाभित्रका पाँचओटै माविमा कोचिङ कक्षा सञ्चालनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ। विद्यार्थी संख्याको आधारमा विद्यालयले बजेट पाउनेछन्।

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एक वडाध्यक्षको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउँपालिका १ का अध्यक्ष करिब ४५ वर्षीय कलशबहादुर चन्द रहेका छन्।

गाउँपालिकाद्वारा १९ सुकुमबासीलाई जग्गा

तामाकोशी गाउँका १९ सुकुमबासी परिवारलाई गाउँपालिकाले जग्गा किनिदिएको छ। भूकम्पपछि जग्गा नभएकाले घर बनाउन नसकेका ती परिवारलाई गाउँपालिकाले जग्गा किनिदिएको हो। गाउँपालिकाको १ देखि ४ नम्बर वडासम्ममा १९ सुकुमबासी परिवार रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

जापानी सहयोगमा विद्यालय भवन

गोकुलगंगा गाउँपालिका–४ बेतालीका दुईवटा विद्यालयमा एक जापानी संस्थाको सहयोगमा सुविधा सम्पन्न भवन बनाइएको छ। २०७२ सालको भूकम्पमा भवन भत्किएपछि ती विद्यालयमा टहरामा पढाइ हुँदै आएको थियो।

निर्माण व्यवसायी निःशुल्क सडक मर्मत गर्न तयार

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका डोजर तथा स्काभेटर व्यवसायीले वर्षाका कारण अवरुद्ध सडक निशुल्क मर्मतको जिम्मा लिएका छन्।

११ जना बेपत्ता, दुईको शव फेला

शनिबार दिउँसो मुड्केचुला गाउँपालिकाको वडा नम्बर १ मा पर्ने काँसिला खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकामध्ये आइतबार दुईजनाको शव फेला परेको छ।

भारतीय नहर भत्काएपछि जोगिए नेपालका दर्जनभन्दा बढी गाउँ

दुई दिनदेखि डुबानमा परेको पर्साको छिपहरमाई गाउँपालिकाका दर्जन बढी गाउँ सीमापारीको भारतीय नहर काटेपछि अहिले जोखिमबाट निस्किएको छ। ओरिया नदी र बर्खे पानीको निकास साघुरो भएकोले पर्साको पश्चिमी क्षेत्र छिपहरमाई गाउपालिका क्षेत्रका दर्जन गाउँ हरेक वर्ष बाढीको जोखिममा पर्छन्। सीमा नजिकै भारततर्फ निर्माण भएका सडक, नहर र रेल लाइनका कारण पानीको निकासमा समस्या छ।

गाउँपालिकाबीच सीमा विवाद, बोर्ड फालाफाल

जाजरकोटको शिवालय गाउँपालिका–१ र सुर्खेतको सिम्ताको वडा १ बीचमा छेडाचौरलाई आआफ्नो दाबी गरेपछि विवाद उत्पन्न भई सीमा क्षेत्रमा राखिएको बोर्ड फालाफाल अवस्थामा पुगेको हो।

पाँच वर्षपछि मजदुरलाई ज्याला

रुविभ्याली गाउँपालिकाका मजदुरले पाँच वर्षअघि गरेको कामको ज्याला पाएका छन्। २०७१ सालमा नेपाल मार्केट डेभलपमेन्ट प्रोग्रामको साझेदारीमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) द्वारा पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएका भ्युटावर, गोरेटो बाटो, बक्सवृज र पोटर सेल्टरहरू निर्माणमा संलग्न मजदुरले पाँच वर्षपछि ज्याला पाएका हुन्।

छुई छोड्दै जुम्लाका महिला

हिमा गाउँपालिका–४ की सिद्धा शाही छुई (महिनावारी) भएको समयमा घरभित्रै बस्छिन्। अहिले छुई भएको समयमा गोठमा बस्दा हुुनसक्ने खतराबारे गाउँका महिलालाई सुझाउँछिन्। उनले भनिन्, ‘१३ वर्षको उमेरदेखि छुई भएको अहिले २७ वर्ष बित्यो, अधिकांश समय गोठमा बसें तर अहिले घरमै सुरक्षित रूपमा बस्न थालेकी छु।’

गाउँपालिकामा लगाइएको ताला प्रहरीले खोल्यो

तिला गाउँपालिकामा अज्ञात समुहले लगाएको ताला प्रहरीले खोलेको छ । गाउँपालिकाको दुईवटा कक्षमा ताला लगाइएको थियो । भित्र गाउँपालिकाको ताला लगाइएकोमा बाहिर पट्टी अर्को ताला लगाइएको थियो । बिहान कार्यालय सहयोगी आउदा दुई ताला लगाएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

गाउँपालिका र १२ वडा कार्यालयमा लगाइएको ताला तोडियो, शंकास्पद वस्तु डिस्पोज गर्न सेना

भित्रि मधेस क्षेत्रका स्थानीय तह र वडा कार्यालयमा लगाइएका ताला तोडिएका छन्। शंकास्पद वस्तु हटाउन भने सकिएको छैन। आलिताल गाउँपालिका तथा ८ वटै वडा कार्यालय र परशुराम नगरपालिकाका चार वटा वडा कार्यालयमा लगाइएका ताला तोडिएका हुन्।

भवन जीर्ण बन्दा पठनपाठन प्रभावित

कालिका गाउँपालिका–५ का महेन्द्र तामाङ जीवजीवेस्थित नीलकण्ठ नमुना मावि कक्षा १२ मा पढ्छन्। गाउँबाट आधा घण्टा हिँडेर पुगिने सो विद्यालयमा उनी कक्षा ६ देखि पढ्न थालेका हुन्। चार वर्षअघिसम्म विद्यालयको भौतिक संरचना राम्रो थियो। पढ्न कक्षाकोठाको अभाव थिएन। २०७२ सालको भूकम्पले विद्यालय पूर्ण रूपमा क्षति भएपछि पठनपाठन प्रभावित बन्न पुगेको छ। ‘पहिले विद्यालयमा पढ्ने वातावरण राम्रो थियो,’ तामाङले भने, ‘अहिले अर्को कक्षामा पढाइ हुँदा सुनिने आवाजले पढाइमा समस्या हुन्छ।’

खडेरीले मकै सखाप

सुनकोसी गाउँपालिका–१ आम्बोटका किसान दानबहादुर राईले ६४ रोपनि जग्गामध्ये ३५ रोपनिमा मकै बाली लगाएका थिए। चैत अन्तिम र वैशाख सुरुमा उनले ३५ रोपनि बारीमा लगाएको सबै मकैका बोट खडेरीका कारण सुकेका छन्। चैत महिनामा सामान्य पानी परेपछि छरेको मकै लामो समयसम्म पानी नपरेका कारण बारीमै सुकेपछि उनी दुखित भएका छन्। ‘विगतमा चैत, वैशाखमा छरेर साउन अन्तिममा पाक्ने मकै खडेरीका कारण सखाप भयो,’ राईले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्