१५ मंसिर २०८१ शनिबार
image/svg+xml

एक इन्जिनियर बेपत्ता

जुगल गाउँपालिका–२ गोल्चेमा निर्माणाधीन गाउँघर उज्यालो साना घट्ट खोला जलविद्युत् आयोजनामा अबिरल वर्षासँगै आएको भेलले निर्माणाधीन जलविद्युत् आयोजनामा पस्दा एक इन्जिनीयर बेपत्ता भएका छन्।

वडाध्यक्ष श्रेष्ठ दुई घण्टा कार्यकक्षमै थुनिए

बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन्।

दुई यार्सागुम्बा संकलकको भीरबाट लडेर मृत्यु

अपीहिमाल गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जना यार्सागुम्बा संकलकहरुको मृत्यु भएको छ।

धादिङमा वडा सदस्यमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ८ का वडा सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ। बेनिघाट रोराङको गोठीभञ्ज्याङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको बेला चेपाङमाथि गोली प्रहार भएको हो।

भोजपुरमा अज्ञात समुहद्वारा वडा कार्यालय तोडफोड

टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा गएराती अज्ञात समुहले तोडफोड तथा आगजनी गरेको छ।

सबै घरमा बीमा नीति

रोहिणी गाउँपालिकाले चालू आर्थिक वर्षमा रहेका लोकप्रिय कार्यक्रमहरूलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि थप कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

सरकारी कार्यालयमा खुल्मखुला घुस

असार १२ गते बिहीबार प्रसौनी गाउँपालिकाको योजना शाखा प्रमुख खरिदार विनोद यादवले सेवाग्राहीसँग घुस रकम असुल्न पठाएका आसपुरन कुशवाहालाई अख्तियार दुरूपयोग अनुसन्धानको टोलीले रकम लिइरहेकै ठाउँबाट नियन्त्रणमा लिएको छ ।

कृष्णभीरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, २५ घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा बस तथा दुुई माइक्रो एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

प्रधामन्त्री रोजगार कार्यक्रमः ३१० जनालाई १५ दिनको काम

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुम्ला कनकासुन्दरी गाउँपालिकाका ३१० जनाले १५ दिनको काम पाएका छन्। यहाँ २ हजार १ सय ७८ जना बेरोजगारीको संख्यामा सूचीकृत भएका थिए।

दोरम्बाको नाम ‘दोरम्बा शैलुङ’

रामेछापको दोरम्बा गाउँपालिकाले स्थानीय निर्वाचन भएको अढाई वर्षपछि नाम परिवर्तन गरी ‘दोरम्बा शैलुङ’ राख्ने भएको छ। बुधबार बसेको दोरम्बा गाउँपालिकाको गाउँसभाले गाउँपालिकाको नाम परिवर्तन गर्दै देरम्बा शैलुङ राख्ने निर्णय गरेको हो।

महिलामाथि कुटपिट गर्ने वडाध्यक्षलाई एक हजार जरिवाना

गाउँकी महिलालाई कुटपिट गर्ने रुकुम (पूर्व)का एक वडाध्यक्षलाई एक हजार रुपैयाँ जरिवाना भएको छ। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ का वडाध्यक्ष जयकुमार बुढालाई जिल्ला अदालत रुकुमकोटले एक हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।

गाउँसभाविरुद्ध उत्रिए नेकपाका तीन वडाध्यक्ष

वडामा बजेट सिलिङ नदिइ गाउँसभा गरिएको भन्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका तीन वडाध्यक्ष विरोधमा उत्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्