२८ आश्विन २०८१ सोमबार
image/svg+xml

लगनगाँठो

हुने त होला नि , अब बाँकी के छ र! एकछिन पख , मेरो मन अलि शान्त हुन दे। एकछिनपछि कान्छाले भिडियो कल गरे। उताबाट फोन उठी सकेंपछि कान्छाले बाबा कुरा गर्न खोज्नुभएको बताए। उता भने कान्छाले माया गर्छन् भन्ने थाहा भएकाले कुनै अप्ठेरो थिएन्। बाबालाई फोन दिइयो । जब उता केटीको बाबालाई देख्नुभयो ,बाबा छक्क पर्नुभयो।

कोरोना कालमा ७ वर्षका हार्दिक न्यौपानेले लेखे चित्रकथा

उमेर सानै भए पनि उनी कोरोनाका बेला राज्यले केही नगरेको टिप्पणी गर्छन्। उनी भन्छन्, ‘यस्तो बेला राज्यले केही नै गरेन। आनन्दले घरमा बस्न दियो। त्यत्ति हो।’ उनले आफ्नो बाबासित राजाको विषयमा अन्तर्वार्ता लिन पनि भ्याए। धेरैले हेरे। निकै भाइरल पनि भयो।

आमाको ममता

नको सागरमयी प्रेमको टाउकोमा एउटा निर्दयी सन्तानले ढुङ्गा हाने पनि उनी मूर्तिवत सहिदिन्छिन् पलाउन दिन्नन् कहिल्यै आँकुरा बदलाको उनी त ममताको सागरभित्र पृथ्वी अटाएकी आमा हुन् ।

प्रिय कवि

म्यासेज धेरै देखे । झिल्के कवितिर आँखा गयो । प्रिय कवि, प्रिय कवि थियो । सम्बोधन देखे निकै तारिफ थियो। असहज भैरहेको थियो । यसैबेला श्रीमानको मुखबाट निस्कियो – यसलाई ब्लक हान सानु, तिमी यसको प्रिय होइन ।’

अपराध आफैतिर फर्कन्छ

“त्यसपछि आमाको लाश लिएर म गाउँ पुगेँ । आमालाई घाटमा अन्तिम संस्कार गर्न लगियो । आमाको लाश समाएर रुदाँरुँदै म बेहोस भएछु । मलाई गाउँलेले लगेर होश फिराएछन् । मैले दागबत्ती दिन पनि सकेनछु । मेरो सानो भाइले दागबत्ती दियो । जसलाई के थाहा होस् उसकी आमा अब नफर्कने बाटोमा गइसकेकी छ भन्ने कुरा । मेरी आमा मेरो जीवनको सहारा थिइन । अझ भनूँ मेरो आत्मा नै थिइन । म विमारी हुँदा उनलाई पीडा हुन्थ्यो । घरको जेठो छोरो भएकाले ममाथि उनको ठूलो आशा थियो ।

कर्मको फल

केही दिन हस्पिटलको बसाइपछि उनीहरू घर फर्के । आज झन् झगडाले उग्र रूप लियो। उनीहरूलाई ती छोराबुहारीले घरबाट निकालिदिए।अब भने बूढाबूढी बेसहारा उही सडकमा थिए जो बीस सालअघि उनीहरूले आफ्नो मातापितालाई निकालेर फर्केका थिए।

‘मकाना देउताले सरापिल्या जइथा छुन्’

यसपालि दशैँमा गाउँमै भेटिएकाले उनले हुम्ली ठाडी भाका सुनाए, ‘काँ पानी आदो हो, जौगडा बस्याको भोट्या, क्या माया लाउदो हो, जोइकाना एकलइ छाडी।’

भालेश्वर मन्दिर

मन्दिरको गर्भगृहमा तामाको कवचसहितको शिवलिङ्ग रहेको छ। यो मन्दिर दक्षिणाभिमुख रहेको छ। मन्दिरको छाना र गजुर तामाको छ। मन्दिरको गजुरबाट चार कुनामा स्वर्णाकृति नागहरू तलतिर झारिएका छन्। मन्दिर वरपर काठका स–साना खम्बा उठाई बत्ती बाल्नका लागि ढलौटका पालाचा राखिएका छन्।

निर्मोहीको माया

साहित्य लेख्ने धेरै छन्। पत्रिकामा प्रकाशन गर्ने र पुस्तक निकाल्ने पनि धेरै छन्। लेख्ने स्रष्टा आफ्नो सिर्जनामा गम्भीर सबै हुन्छन्। तर सबै स्रष्टा निर्मोही व्यास जतिको सिर्जनामा गहिरो संवेदना राख्ने नहुन पनि सक्छन्। उनी आफ्ना सिर्जनाका प्रत्येक वाक्यमा मात्र होइन, प्रत्येक अक्षरमा हृदयलाई जोड्छन्।

गोयबल्सहरू

समय र परिस्थितिसँगै काँचुली फेर्न सक्ने मनुवाहरू हुन् गोयबल्सहरू कुर्सी फेरिनेबित्तिकै थुक्क थुकिहाल्छन् पुरानो कुर्सीलाई र ,चाट्न थालिहाल्छन् नयाँ कुर्सीलाई तपाईँहरू जेसुकै भन्नुहोस् देश थला परेकै गोयबल्स दंसले हो डिडिटी छरेर मलेरियाका लामखुट्टे नष्ट पारेझैँ सम्पूर्ण गोयबल्सहरू सखाप नपारेसम्म उठदैन,उठनै सक्तैन देश ।

मूकदर्शक बन्ने यो सरकारदेखि डर लाग्छ

पर्दापछाडि कुरा काट्ने यारदेखि डर लाग्छ, प्रेमको शैलीमा गर्नी व्यापारदेखि डर लाग्छ ।रमाउनलाई आफ्नै महफिल छ प्यारो मलाई, आलिसान तिम्रो त्यो दरबारदेखि डर लाग्छ ।न्याय– निसाफ नपाएर अन्यायमा मर्छन् जब ,मूकदर्शक बन्ने यो सरकारदेखि डर लाग्छ ।

खोक्रो सोच

‘मैले मान्छे चिन्न सकिनँ, तिमीमाथि सौता भित्र्याउने तयारी भइरहेको छ। अब त्यो घरमा तिमीलाई पठाउने कुनै साइत निस्कँदैन,’ बाबुको कुरा सुनेपछि सम्झना त्यहीँ मुर्छा परिन्।

फाप्ने देश

मलाई मनमा लागेको बोल्न पाएँ– मलाई गुरुले पेशा र अध्ययनअनुसार भनेको ठिकै लाग्यो तर बसेको घर फापेन भनेको पटक्कै चित्त बुझेन । आफ्नो पसीना र परिश्रमले सृजेको, सपनाहरू बुनेको घरलाई दोषी मान्नु !

ख्वाउनेको गीत ढुक्क भएर गाइरहेछन् ती

हो , इमान बेचेर भरपेट खाइरहेछन् ती’ ख्वाउनेको गीत ढुक्क भएर गाइरहेछन् ती । दिनदिनै चितामाथि चढाउँदै आफूलाई, कुन्नि किन हो अचेल उतै धाइरहेछन् ती ।

नारायणगोपाल ब्लु मेमोरिज

पेमाला गुरुवाचार्यले लेखेकी छन्, ‘नारायणगोपालको स्वरको, आवाजको, गलाको आफ्नै अद्वितीय भाषा छ, आफ्नै ओज छ। सम्भवतः यसै कारण स्वरका ज्ञाताहरू, स्वरका मर्मज्ञहरू यो आवाजलाई, स्वरलाई कालजयी स्वर भन्ने गर्छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्