२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

कर्मको फल

लघुकथा

प्रेम पुन मगर

 

जति नै सम्हाल्न खोज्दा पनि घरमा सधैजसो ठाकठुक परिरन्थ्यो। एक अर्कोमा अगुल्टा नठोसी आगो त बल्दैन ! सोच्दै बूढाबूढी मन बुझाइरहेका थिए ।

सधैंझैं आज पनि छोराबुहारीसँग ठूलै झगडा पर्यो।

बूढेसकालको सहारा भनिएको एक मात्र छोराबुहारीको यो चाला देखेर बूढाबूढी आफ्नै भाग्यलाई ठोसिरहन्थे।चिन्ताको कारणले बिरामी परी हस्पिटल गइरन्थे। त्यही मौका छोपेर मेडिकल पेपर हो भन्दै बाउआमाको सहीछाप लिएर भएको सम्पत्ति  छोराबुहारीले आफ्नो नाममा पो सारेछन्।

केही दिन हस्पिटलको बसाइपछि उनीहरू घर फर्के । आज झन्  झगडाले उग्र रूप  लियो।  उनीहरूलाई ती छोराबुहारीले घरबाट निकालिदिए।

अब भने बूढाबूढी बेसहारा उही सडकमा थिए जो बीस सालअघि उनीहरूले आफ्नो मातापितालाई निकालेर फर्केका थिए।

प्रकाशित: २० मंसिर २०७७ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App