२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

लगनगाँठो

कथा

नारायण कोइराला

हरिप्रसाद कान्छो छोराको विवाह गर्ने सुरमा थिए।चार छोरीको जन्म पछि ,जन्मिएको कान्छो छोराको बिहे धुमधामसंग हुन्छ भन्ने गाउँभरि हल्ला थियो। हुन पनि सबैको प्यारो कान्छो,रमाइलो त हुन पर्यो।

राम्रा राम्रा ठाउँबाट उसका लागि  केटीहरुको ओइरो पनि लागेको थियो।हरिप्रसाद अलि धार्मिक विचार राख्ने खालको हुनुहुन्थियो। त्यस अर्थमा उहाँलाई एउटी धर्मिक अनि सुशील बुहारी चाहिएको थियो।दिदीहरूको पनि आफ्नो र आफ्नो रोजाइ थियो। कान्छाको मनमा पनि  के छ ! त्यो पनि बुझ्नु जरुरी थियो।विवाह त कान्छाको गर्नु थियो।

कान्छो पनि भर्खर सहरबाट पढेर आएको थियो। हेर्दा शरीर मिलेको खाइलाग्दो पनि। शहरमा बसी पढेको हुँदा ऊ  भने धार्मिक विचारमा आस्था राखें पनि भरोसा कम् गर्दथ्यो। कान्छाको मन अलि उदासी पनि देखिन्थियो। मनभित्र केही लुकेको जस्तो लाग्द थियो। ऊ सबैको कुराबाट टाढा रहने कोसिस गर्दै थियो।खोई,किन हो कुन्नि !

 साँझ पर्न लागि सकेको थियो।घरमा सबै जना जम्मा भएका थिए।बैठक कोठामा  चारवटा दिदी, आमा ,बाबा अनि एकदुई जाना करीबका इस्टमित्र पनि थिए। कान्छो पनि आए। सबैजना कान्छालाई  हेर्न थालें।कान्छालाई अचम्म लागिरह्यो अनि सोधे – के भो किन यसरी सबैजना मलाई हेर्नु भएको ! के हुनु,अब त विहा गर्नुपर्यो नि , किन सधै चुप बसिरहेको। दिदीले  अलि रिसिदै भन्नुभयो।

  ‌न आतिन्नु नि । विहा पनि भन्नेबित्तिकै हुन्छ र ! मुन्टो हल्लाउँदै भने कान्छा।  

अर्की दिदीले थप्नुभयो, ‘हुन्छ मात्र भन्न बाँकी त हामी गरी हाल्छौ नि !  

– हे नकराउन्नु न, गरौंला नि विवाह , कान्छोको फोन आयो । उनी बाहिर निस्किए।

बैठक कोठामा सबैजना यो महिनामा जसरी पनि यसको विहा गनुपर्छ भन्दै कुरा गरिरहे।

उता कान्छो फोनमा मस्त थिए।

– कति आत्तिएकी !  म कुरा मिलाउँदै छु नि  कान्छो भन्दै थिए। उताको कुरो सुन्न सकिने कुरो नि भएन। सबैजना जम्मा हुनुभएको छ, एक्छिन हल्ला नगर त । यति भनी कान्छो फोन काटेँ।

कान्छो जब पुन बैठक कोठामा पुगे । सबैका आँखा कान्छातिर गए। !  

बाबा अलि जोडसँग बोल्न भयो– के हो कान्छो यसरी त भएन नि !

कान्छो केही पनि बोलेनन्। दिदीहरूले पनि कि आफैं रोजेको हो र  ! शहरतिर भनी कान्छालाई केरकार गर्न थाले। कान्छो झन् रातोपिरो भए। उनको मनबाट केही बाहिर आउन खोज्छ फेरि बीचमा अड्किन्छ।

बिस्तारै आमाको आवाज आयो  – कान्छा,  अब तिमी के चाहन्छौ, बताऊ  न त।  

 आमा मेरो शहरमा केटी साथी छ। ऊसंग विहा गर्न चाहन्छु । कान्छाले बिस्तारै भने।

एकछिन बैठक कोठामा सन्नाटा छायो। के बोल्ने शब्द जो भएन।

सन्नाटालाई चिर्दै कान्छी दिदी बोल्नुभयो– बाबा एकपल्ट यसको कुरो पनि सुनाउन त। कुरो के रहेछ। बाबाले लामो सास लिदै भन्नुभयो,– यही दिन देख्न बाँकी थियो ।यसको त्यही इच्छा भएपछि बुझ्न त पर्यो। कुलघरान कस्तो हो ! जातपात मिल्छ कि मिल्दैन। के गर्नु सबथोक परिवर्तन भए पनि विवाह जस्तो समयमा कुलघरान चाहिने ,जातपात पनि मिल्नुपर्ने। लौ कुरा गरा तिनीहरूसंग मलाई बाबा अलि झर्किदै भन्नुभयो।अनि थप्नु भयो– यस्तो समय छ कसरी भेट्ने हो!

– बाबा भिडियो कलबाट कुरा गरे हुन्न ! कान्छाले भने।

हुने त होला नि , अब बाँकी के छ र!  एकछिन पख , मेरो मन अलि शान्त हुन दे। एकछिनपछि कान्छाले भिडियो कल गरे। उताबाट फोन उठी सकेंपछि कान्छाले बाबा कुरा गर्न खोज्नुभएको बताए। उता भने कान्छाले माया गर्छन् भन्ने थाहा भएकाले कुनै अप्ठेरो थिएन्। बाबालाई फोन दिइयो । जब उता केटीको बाबालाई देख्नुभयो ,बाबा छक्क पर्नुभयो।

– ए ठुले साँच्चै छस्।  

– ओहो साने शहर आएपछि त भेटघाट जो हराएको थियो।

– तेरो छोरो पो रहेछ मेरो छोरीसँग माया गर्ने !  समयले हामीलाई साथीबाट सम्धी पो बनाउने भयो त, सानेले अरू थपे।

दुईजनाको गफ चलिरह्यो।सबैमा खुसियाली छायो।

– ल साने अब ढिलो गर्न हुन्न है।मेरो छोरो र तेरी छोरीको लगनगाँठो बाँध्ने कुरा पक्का भयो नि । भयोभयो ठुले यही मग्सिरमा यिनीहरूको  लगनगाँठो बाँधी हामी सम्धी बन्नुपर्छ । उनीहरू गफमा  व्यस्त भए।बैठककोठामा खुसीयाली छायो।

प्रकाशित: २१ मंसिर २०७७ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App