२८ आश्विन २०८१ सोमबार
image/svg+xml

भेटेको पैसा

दोधार हुँदाहुँदै उसले रातो लुगा लगाएको मान्छे देख्यो । झसङ्ग भयो । कपडा पसलभित्र छेलियो । त्यहीं आफ्नो गोजीकै पैसाले सस्तो सर्ट किनेर फेर्यो । ह्याट किनेर लगायो । मन अलि शान्त भयो ।अब उसलाई त्यहाँ बस्न ठीक लागेन । सोच्यो । निष्कर्षमा पुग्यो । सरासर बैकमा गयो । पच्चिस हजारको भौचर भरी पैसा र भौचर दियो । ऊ भौचरको प्रतिलिपि कुरिरहेको थियो, चारजना प्रहरी आई उसलाई समाते र हप्काउँदै सोधपुछ गर्न थाले, “नक्कली पैसाको कारोवार गरेको कति भयो !”

अँजुली थापी म समीप आएर, प्यार मागिरहेछु

अँजुली थापी म समीप आएर, प्यार मागिरहेछु, प्रियसीकै सुन्दर त्यो गीत गाएर, प्यार मागिरहेछु ।साक्षी राखेर यो चन्द्र, सूर्य धर्ती अनि आकाशलाई, जीवनभरिलाई कसम खाएर, प्यार मागिरहेछु ।

गरीबी

लुटेका सम्पतिमा रमाउनेहरूलाई त्यो झुपडीको न्यानो माया र मानप्रतिष्ठा के थाहा हुन्छ र ! गरीब भएकै कारण निच सोचले हेर्ने उनीहरूको बाहिरी आँखा। कति बलवान् यो समय धनको घमण्डीलाई पनि थुनिदियो घरभित्रै म महसुस गरिरहेछु गरीब भएकै कारण ।

सेलाएको सयपत्री

सॉझको समाचारमा दिपकको सुतेकै ठॉउमा मृत्यु भएको समाचार आयो । केही दिनपछि लास आयो । दिपकको अनुहार नचिनिने थियो । उसले कमाएको पैसा सामान केही आएन । त्योभन्दा बढी घरभरि शोक व्याप्त थियो ।भाइटिका सकिएको दशौं दिनमा दिपक एक्कासि घर आइपुग्यो । उसले आफनो सामान र पैसा चोरी भएको सुनायो ।त्यसो भए हामीले कस्लाई सेलायौ, थाहा हुन सकेन । हामीले सेलाएको सयपत्री फूल कसको घरको थियो । हामीले थाहा नपाईकनै सेलाएछौ ।

थ्री डी

बिदाको दिन त्यहाँ पहिलेदेखि काम गरिरहेको पुरानो साथी हरिसँग उनीहरूको भेट भयो । पेम्बाले भन्यो, “हामी यहाँ थ्री डीको काम गर्न भनेर आएको ट्वाइलेट र अफिस सफा गर्दै बस्नुपरेको छ । हामीलाई कम्पनीले झुक्याएर अर्को काममा लगायो कि क्या हो ! के गर्ने होला !” उसको कुरा सुनेर हरि खित्का छाडेर हाँस्यो र भन्यो, “थ्री डीको काम भनेको त्यही त हो – डेन्जर, डर्टी र डिफिकल्ट । तिमीहरूले गर्न थालेको काम त्यही त हो । कम्पनीले झुक्याएको हैन, तिमीहरू आफैं झुक्किएका हौ ।”

ऐतिहासिक महत्वको गाउँ–गोलाङ्दी

गोलाङदी गाउँमा त्यतिबेला मट्टितेलका टुकीहरू बल्दथे तापनि गाउँ क्रान्तिकारी चेतनाको उज्यालोले चम्किलो भएको थियो । त्यो गाउँमा अक्षर नचिनेका र अति थोरै पढेका किसानहरू बस्थे तापनि गाउँ अग्रगामी ज्ञानद्वारा विज्ञ बनेको थियो र ब्यूँझेको थियो । त्यतिबेला पार्टी र क्रान्तिको सुरक्षाको किल्ला भएको थियो त्यो गाउँ‘ । त्यसले पार्टीका ठूल्ठूल्ला कार्यक्रमहरू सफलताकासाथ सम्पन्न गरेको थियो ।

शुभेच्छा

“सपनाको कुरा एउटा हुन्छ धरातल अर्को, हिमालको सुन्दरता मनमोहक हुन्छ तर चिसो दुख अर्को । के गर्नु सखा मेरो पढ्ने चाहना इन्जिनियर हो तर मेरो बाबाको पण्डित पेशाले त्यो धान्न सक्दैन । त्यसैले सायद गोर्खा क्याम्पसमा नेपाली र गणित पढ्छु होला ।”

पैंसट्ठी किलो

रामको आवाज भान्छामा खाना बनाउँदै गरेकी श्रीमतीसम्म पुग्यो । अनि बाहिर निस्केर भन्दै थिइन्– कति अहम् हजुरलाई, अर्कालाई गाली गर्दा आफ्नो पनि त मान रहन्न । फेरि भएजति कुरा सबै नै ओकल्ने हो भने के मोल र बोलेको !

भेट्न नसकेको लाहाछाप

आज एक्लै हुँदा हुरुरुरु आइरहेछन् सम्झनाहरू पखेटा हालेर ।तर कहिले बिर्से मेरो रछयान सोसेको माटो, साथी पुरेको बारीको कान्ला । अझै सम्झनामा आइरहन्छ । मैले खेलेको चिप्लेटी ढुंगा, गँगटा खोज्दा पल्टा’को ढुंगा । अनि ती मेरा बुबाआमा, बाजेबज्यूका चिहानहरू, छोपे होलान् घँगारुका काँडै काँडाले । अघिअघि म हुन्थेँ पछिपछि इमानको घाँसको डोको बोकेर कख सिकाउँदै हिँड्नुहुन्थ्यो संसारको सबैभन्दा महान मान्छे आमा ।

जात मान्छेमा जमेको जड

यो जात भन्ने कुरा त मान्छेमा जमेको जडता मात्र हो भनेर आमाले भन्नु हुँदा सबैजना भित्रभित्रै गद्गद् भए। अलि पर अलग्गै बसेकी सुनिता आएर हजुरआमाको हात समाउँदै रुन थाली। अनि हजुरआमाले भन्नुभयो – सुनिते त्यो गल्तीलाई उमेरको गल्ती ठानेर माफ दिएँ। अब चै यस्तो गल्ती नगर है भनेर तान्दै गालामा म्वाइँ खानुभयो।

प्रतिस्पर्धा

अहिले प्रतिस्पर्धा लुटेरा– लुटेराहरूको चलिरहेछ देश खाने धमिराहरूबीच चलिरहेछ कुर्सीमाथि बाँदर जसरी चढ्छ लिस्नो खोसाखोसमा ध्यान ढल्काइरहेछ हो यति कुरा बुझेर पनि नबोल्ने मानिस देखे सामुन्ने तिनीप्रति घृणा जागिरहेछ अरू मेरो केही छैन प्रतिस्पर्धा यस्तै छ ।

अस्वीकृत सम्मान

उसको परिचय थाहा पाएपछि अतिथि र सर्जकहरूले मनमनै सोचे – साँच्चै यस्तो कार्यक्रममा त हामी आफैंआफैं अतिथि हुनुभन्दा हामीलाई सर्जकको रूपमा स्थापित गराउने पाठक पो वास्तविक अतिथि हुनुपर्ने !

वीरता, देशप्रेम र सदाचार

त्यस्तै ती अभागी जोईहरू जो आफ्नै जँड्याहा पोइहरूका लागि जिउँदै जलेर गए रुँदा हुन्, खुनै छाद्ने गरी, देखेर हविगत हाम्रो वीरता, देश प्रेम, र सदाचारको !

पलायन

सवारी दुर्घटनामा श्रीमान् र किशोरी छोरीको मृत्युले आहत भए पनि दुखजिलो गरी पढाएको छोरोले दश कक्षाको परीक्षामा निकै राम्रो गरेपछि विनाले जीवनको यो कालमा अलिक सन्तुष्टिको सास फेर्न पाएकी थिइन् । तर यो क्षणिक मात्र रहन पायो । परिवारमा बाँचेको त्यै एक्लो छोराले पनि उच्च शिक्षाका लागि शहर जाने अड्डी कस्न थाल्यो । जति नै सम्झाए –बुझाए पनि उसैले जित्यो ।

अन्तिम उपाय

ऊ अर्को राम्रो अस्पतालमा गयो तर उसले आफ्नो कुरा भनी नसक्दै डाक्टर भागे । जिल्ल परेर अलि परको नामी अस्पताल जाँदा मूलढोका नै बन्द भएको पायो । हैरान भएर घर आई यूट्युबमा बेलिबिस्तार लायो । बेलुका समाचार सुन्दा अस्पताल र डाक्टरहरूले सफेद झूट बोली उसलाई उल्लीबिल्ली पारेको सुनेर ऊ तीनछक्क भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्