१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता विद्यालयलाई

नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनता माध्यामिक विद्यालयले प्राप्त गरेको छ। तीन सय २० मेडलका लागि खेलमा ७१ विद्यालयलाई पछाडि पार्दै जनता विद्यालयले उपाधि हात पारेको हो।

रौतहटमा ८ पुलकाे शिलान्यासपछि हाइ कमाण्डकाे अादेशमा मन्त्री लेखक काठमाडाैं फिर्ता

रौतहट जिल्लाको विभिन्न नदी तथा खोलाहरुमा एक साथ आठ पुलको शिलान्यास गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले रौतहटको बागमती, चाँदी, तरहारी, लमाहालगायतका ठूला र साना नदीहरुमा दुई दिनमा करिव तीन अर्ब लागतमा निर्माण हुने आठवटा पुलहरुको शिलान्यास गरेका छन्।

धुर्मुस–सुन्तलीद्वारा मुसहर बस्तीको शिलान्यास, वैशाख १ मा हस्तान्तरण गरिने

धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको छ। फाउन्डेसनले सोमबार भव्य समारोहकाबीच महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो।

मन्त्री लेखकद्वारा रौतहटमा एकै दिन ५ ठूला पुलकाे शिलान्यास

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले रौतहटका विभिन्न ठाउँमा सोमबार एकै दिन ५ ओटा पुलको शिलान्यास गरेका छन्।

साप्सु खोलामा मोटरेबल पुल शिलान्यास

खोटाङको साप्सु खोलामा मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको छ । नेपाल सरकार स्थानीय पुर्वाधार बिकास तथा कृषि सडक बिभागको २ करोड ३० लाख ३६ हजारको लागतमा दिक्तेल–खोटाबजार सडक अन्तरगत साप्सु खोलामा पुल निर्माणको काम सुरु गरिएको हो ।

सभामुखद्वारा ‘थाउजेन्ड बिग बुद्ध’ शिलान्यास, कारवाही गर्ने वनकाे चेतावनी

पर्यटन विकास गर्ने नाममा धरान उपमहानगरपालिकाको अगुवाईमा सर्दु जलाधार क्षेत्रसँगै राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी थाउजेन्ड बिग बुद्ध बनाउन शुरु गरिएको छ। जिल्ला वन कार्यालय सुनसरीले राष्ट्रिय वन क्षेत्रमा वन ऐन ०४९ विपरीत भौतिक संरचना निर्माण कार्य नगर्न भनी दिएको सुझाव र चेतावनीसमेतलाई वेवास्ता गर्दै उपमहानगरपालिकाले निर्माण कार्य थालेको हो ।

विकाश रनिङ शिल्डको उपाधि शंकटालाई

निराजन खड्काले ह्याट्रिक गर्दा काठमाडौंको संकटा क्लबले नारायणगढमा जारी १२ औं विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधी चुमेको छ । क्याम्पाचौरमा आइतबार सम्पन्न फाइनलमा संकटाले विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–० को जित हात पारेको थियो ।

नगरकोटमा भेटिए सयौं वर्ष पुराना शिलालेख

भक्तपुर- भक्तपुरको नगरकोट नगरपालिका–३ इथुलीमा करिब चार सय वर्ष पुराना तीन वटा शिलालेख फेला परेका छन्। साविकको ताथली गाविस–८ मा पर्ने इथुलीको चोलिंद्यो (चुनदेवी)स्थित मन्दिर जीर्णोद्धार क्रममा ती शिलालेख फेला परेको स्थानीयले जनाएका छन्।

'छबिलाल र शिल्पाकाे विवाह हल्ला'ले चल्याे किस्मत २

ऋर्षि लाममिछानेको निर्देशनमा बनेको नेपाली चलचित्र किस्मत २ ले दशैंमा राम्रो ब्यापार गरेको छ। वडा दशैंको अवसर पारेर गत शुक्रबार रिलिज भएको यो चलचित्रले एक सातामा आफ्नो लगानी उठाएको चलचित्र निर्माताले दाबी गरेका छन्।

प्रधानमन्त्रीद्वारा लाप्राक एकीकृत बस्तीको शिलान्यास

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना बस्तीको शिलान्यास गरेका छन्।

एनआरएनएको एकीकृत बस्ती निर्माण शुक्रबार शिलान्यास हुँदै, ६१२ घर बन्ने

गत वर्ष गएको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गर्ने एकीकृत नमुना बस्तीको शुक्रबार शिलान्यास हुने भएको छ। गोरखाको लाप्राकको गुप्सीपाखामा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कार्यको शिलान्यास गर्नेछन्।

चारआली –केचना सडक समयमै निर्माण पूरा गर्ने वाचासहित फेरि शिलान्यास

झापा- अबको ३० महिनाभित्र निर्माणकार्य पूरा गर्ने सरकारी बाचासहित झापाको बहुप्रतिक्षित चारआली–केचना सडकको फेरि शिलान्यास भएको छ। भौतिक योजना मन्त्री रमेश लेखकले सोमबार शिलान्यास गर्दै ‘यसपटक निर्धारित समयमै सडक बन्ने’ आश्वासन दिएका छन्।

लोकमानको फाइल प्रधानमन्त्री कार्यालयबाट शिलबन्दी गरेर सर्बोच्च पुग्यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको भूकम्पमा हराएको भनिएको विवादस्पद फाईल शिलबन्दी गरेर सर्वोच्चमा पुगेको छ ।

सार्क खाद्य बैंकलाई क्रियाशिल बनाइने

दक्षिण एसियाली सहयोग संगठनका सदस्य राष्ट्रहरुमा खाद्य संकट र प्राकृतिक विपत्तीको बेलामा सघाउन सार्क खाद्य बैंकमा साढे पाँच लाख टन खाद्यान्न संकलन भएको छ। सार्क खाद्य बैंकमा सदस्य राष्ट्रहरुले ५ लाख ३८ हजार ४ सय ८० टन खाद्यान्न जम्मा गरेर अप्ठ्यारो परेका राष्ट्रलाई सघाउने निर्णय गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्