९ आश्विन २०८१ बुधबार
image/svg+xml

अक्सिजन र बेड अभावमा मृत्युदर बढ्यो

रुपन्देहीमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । अस्पतालहरुमा अक्सिजन र शैयाको अभावमा संक्रमितको मृत्युदर बढेको हो । पछिल्लो दश दिनमा यहाँका कोभिड अस्पतालहरुमा उपचारत एक सय जना संक्रमितको मृत्यु भएको छ ।

उदयपुरमा दिनहुँ संक्रमित थपिँदै

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ३ को भुल्के गतवर्ष यतिबेला मुलुकभरकै चर्चाको शिखरमा थियो। ०७७ वैशाख ५ गते स्थानीय नुरी मस्जिदका ११ भारतीय जमातिसहित १६ जनामा कोभिड संक्रमण देखिएपछि वैशाखभर मुलुककै ‘कोरोना इपिसेन्टर’ सावित भएको भुल्के यसपटक शान्त छ ।

अक्सिजन अभावले उपचारमा बाधा

अक्सिजन अभावले राजधानीका कोभिड अस्पतालहरूमा भर्ना भएका कोरोनाका बिरामीको उपचारमा संकट थपिएको छ । सरकारले बनाएको संकट व्यवस्थापन समिति (सिसिएमसी) ले मंगलबारदेखि एकद्वार प्रणालीबाट अक्सिजन सिलिन्डर वितरण गर्ने निर्णय गरेपछि सरकारी र निजी दुवै अस्पतालको उपचार प्रभावित भएको छ ।

प्रादेशिक कोभिड अस्पतालमा तोडफोड, चिकित्सक कुटिए

जनकपुर प्रादेशिक कोभिड अस्पतालमा आक्रोशित समूहले तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि हातपात गरेको छ ।

प्रदेश मन्त्रीद्वारा कोभिड अस्पतालको निरीक्षण

प्रदेश सरकारले सर्लाही र रौतहटका लागि कोरोनाको उपचारमा आइपर्ने समस्या समाधान गर्न जिम्मेवारी दिएका मन्त्री रामनरेश यादवले रौतहटमा संचालनमा रहेका कोरोना अस्पतालको स्थलगत निरीक्षण गरेका छन् ।

कोरोना अस्पताल र आइसोलेसन सेन्टर नाम मात्रका, संक्रमित जोखिममा

अस्पतालमा न स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री छ न त उपचारका लागि कोरोना संक्रमित नै भर्ना भएका छन्। अस्पताल केवल देखाउनका लागि मात्रै निर्माण गरिएको छ।

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार साँझदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले सञ्चालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।

वीपी प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको निधन

कोभिड १९ अस्पतालमा उपचाररत सुनसरीको धरान, सिराहाको गोलबजार र मोरङको मिक्लाजुङका संक्रमितको निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ।

अक्सिजन अभाव भएपछि बिरामी भर्ना लिन छाडियो

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभावकै कारण अस्पतालले बुधबार बेलुकीदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकेको छैन।

इनरुवामा २० बेडको कोभिड अस्पताल सञ्चालनको तयारी

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएकालाई सुनसरीकाे सदरमुकाम इनरुवामा २० बेडको अस्पताल सञ्चालनको तयारी गरिएको छ ।

कर्मचारी र सामग्रीको अभावमा कोभिड अस्पताल बन्द

रसुवाको नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङमा रहेकाे कोभिड अस्पताल बन्द भएको छ । गाउँपालिकाले गत वर्ष स्थापना गरेको ५ शैयाको कोभिड अस्पताल बन्द भएको हो ।

कर्णाली कोभिड अस्पताल: २४ घण्टामा छ जना संक्रमितको मृत्यु

‘पछिल्लो २४ घण्टामा कोरोना अस्पतालमा उपचार भइरहेका र आएका छ जनाको मृत्यु भएको छ,’ कोरोना फोकलपर्सन डा. पौडेलले भने, ‘अस्पतालमा विरामीको चाप अत्याधिक हुँदा उपचारका लागि समस्या भइरहेको छ।’

धादिङबेसीमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन

धादिङ अस्पतालले अक्सिजनसहितको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याइएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम नवनिर्मित जिल्ला वन कार्यालय, धादिङको भवनमा धादिङ अस्पताल धादिङले ५० शय्याको अस्थायी कोभिड–१९ अस्पताल संचालनमा ल्याएको हो।

भेरी अस्पतालको कोभिड वार्ड भरियो, घर फर्किदै कोरोना संक्रमित

यहाँ कोरोना संक्रमितको संख्या २ हजार ७१ जना छन् । दोस्रो चरण कोरोना संक्रमितको ८ जनाले ज्यान गुमाईसकेका छन् । कुल मृतकको संख्या मंगलवार सम्म २७ जना पुगेको तथ्यांक छ। बाँके जिल्लामा भयावह स्थिति हेर्दा बर्दियाको स्थिति सामान्य नरहने आम सर्वसाधारणले अनुमान गरेका छन्।

अस्तव्यस्त बाँकेको कोभिड अस्पतालः बेड, औषधि र अक्सिजनविनै संक्रमितको उपचार

पहिलो लहरको कोरोना संक्रमणका बेला ६० बेडको भेरी अस्पताल कोभिड वार्ड १ सय ८० र कोहलपुरको शिक्षण अस्पताल ७० बेडमा विस्तार भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्