६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालगन्जमा कोरोना संक्रमण फैलिनुको कारण खोज्दै विज्ञ टोली

कोरोना भाइरसको संक्रमण एकै पटक धेरै ब्यक्तिमा फैलिनुको कारणबारे विज्ञ टोलीले अध्ययन सुरु गरेका छन् । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय लगायत निकाय नेपालगन्ज आएर स्थलगत अध्ययन सुरु गरेका हुन् । अध्ययनका लागि विश्व स्वास्थ्य संगठनका पाँच जना कर्मचारी नेपालगन्जमा खटिएका छन् । स्वास्थ्य मन्त्रालयका पनि केही अधिकारी संलग्न छन् ।

भुल्केमा ‘नेपाली वेलफेयर समाज युके’को राहत

कोरोना भाइरस (कोविड–१९) केन्द्र उदयपुरको भुल्केमा बेलायती संस्था‘नेपाली वेलफेयर सोसाइटी युवके’ले राहत वितरण गरेको छ ।

भारतमा बस्न दिँदैन, नेपाल छिर्न दिँदैन हामी कहाँ जाउँ ?

बन्दाबन्दीका कारण नेपाल–भारत सीमाक्षेत्र जयनगरमा आएर सिरहाका ३१ जना मजदुरहरु रोकिएका छन। उत्तरप्रदेश राज्यमा मजदुरी गर्दै आएका उनीहरु १५ दिन पैदल हिँडेर जयनगरसम्म आइपुगेका हुन।

अन्यौलमा दुर्गमको पढाइ

कोरोना त्राससँगै गरिएको लकडाउनले विद्यार्थीको पठनपाठनमा असर पारेको भन्दै विभिन्न विज्ञले अनलाइन कक्षाका लागि सिफारिस गरेका छन्।

कोरोना मुक्त भएपछि कोशी अस्पताल विराटनगरबाट ६ जना डिस्चार्ज

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। उदयपुरबाट उनीहरुसँग संक्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको भने उपचार भइरहेको छ।

‘मदन भण्डारी लोकमार्ग’को काम सुचारु

कोरोना भाइरसबाट बँच्न जारी लकडाउनले अवरुद्ध भएका बिभिन्न विकास निर्माणका योजनाहरु उदयपुरमा सुचारु हुने भएका छन् । जिल्लास्तरीय सर्वदलीय सर्वपक्षीय बैठकले लकडाउनले रोकिएका राष्ट्रिय गौरवको निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’ लगायत संभव भएसम्म सबै योजनाका काम सुचारु गर्ने निर्णय गरेको हो ।

कोरोना परीक्षण गर्ने आरडिटी किट र भिटीएम अभाव

कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएको वा बाहिरबाट आएर जिल्लाको बिभिन्न स्थानीय तहहरुको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुमा कोरोना भाइरसको परीक्षण गर्न आवश्यक पर्ने र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट (आरडिटी) किट र भिटीएम अभाव भएको छ।

अहिलेसम्म नेपालमा कति जनाको करोना परीक्षण भयो ?

अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आरडिटी विधिबाट ५२ हजार २ सय २७ जनाको परीक्षण भएको बताए।

सीमाबाट लुकेर नेपाल प्रवेश गर्ने क्रम रोकिएन

भारतको मदकोटबाट सीमा नदी महाकाली तरेर आएका बैतडीका १० र दार्चुलाका २ जनालाई गत हप्ता प्रहरीले नियन्त्रणमा लियो।

किट अभावले कर्णालीमा कोरोना परीक्षण प्रभावित

किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ। थ्रोट स्वाबको नमूना सङ्कलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षणकार्य प्रभावित भएको हो।

लकडाउनको ४३ औं दिन : जनजीवन प्रभावित

कोरोना भाइरस (काभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४३ औं दिन पुगेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको ४३ दिनसम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ तर प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाई गरेको छ ।

'परीक्षण कम हुँदा कोरोना भाइरसले झुक्याउँदै छ'

प्रदेश २ मा भारतबाट आएकाहरुबाट नै कोरोना संक्रमणको जोखिम देखिएको छ। पछिल्ला केहि सातामा मात्रै चोरबाटो हुँदै दुई हजारको हाराहारीमा नेपालीहरु भारतबाट फर्केका छन्। तर उनीहरुको पहिचान र कोरोना परीक्षणको गति भने निकै सुस्त छ।

एउटै टोलमा २२ जना कोरोना संक्रमित, नेपालगन्जमा संख्या २३ पुग्यो

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्रपार्कस्थित जोलहनपुर्वा टोलमा २२ जना कोरोना संक्रमित फेला परेका छन्।

चौथो नतिजा पनि पोजेटिभ

भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत कोरोना संक्रमित एक महिलाको चौथोपटकको स्वाब परीक्षणको नतिजा पनि पोजेटिभ आएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्