नेपालगन्जका चोकचोकमा ट्राफिक
सदरलाइन, त्रिभुवनचोक, सेतुबिक चोक, धम्बोझी, पुष्पलाल चौकलगायतका चोकमा ट्राफिक प्रहरीले ट्राफिक नियममा कडाइ गरेको छ।
सदरलाइन, त्रिभुवनचोक, सेतुबिक चोक, धम्बोझी, पुष्पलाल चौकलगायतका चोकमा ट्राफिक प्रहरीले ट्राफिक नियममा कडाइ गरेको छ।
ताप्लेजुङमा बजार अनुगमनका क्रममा अब पहिले भन्दमा कडाइ गरिने भएको छ। बजार अनुगमन समितिले अनुगमनका क्रममा उपभोक्ता हित बिपरितका कुनै कार्य भएको भेटिए कानुनी कारबाहीका लागि मार्ग प्रसस्त गर्ने निष्कर्ष निकालेको हो।
उपत्यकामा वैशाख १६ देखि पुन निषेधाज्ञा थपिएको छ। प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको थियो।
कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको थियो ।
दोस्रो चरणको कोभिड १९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ।
प्रतिनिधिसभा विघटनको मुद्दा यसपालि अदालतले छिटो फैसला गर्ने अनुमान लगाइएको छ। संसद् विघटन सदर भए आन्दोलन हुनसक्ने सम्भावनालाई सरकारले सतर्कताका साथ हेरिरहेको स्रोत बताउँछ। ‘म यसो गर्छु, मैले यो गरें भने आन्दोलन हुनसक्छ, त्यसैले यो समयसम्म कोरोनाको रोकथाम गर्दिनँ र आन्दोलन रोक्न कोरोनाको नाममा सडकमा आवागमनमा कडाइ गर्न पाइन्छ’ भन्ने सोंचमा प्रधानमन्त्री रहेको ती नेताले बताए।
कोभिड संक्रमण रोक्न प्रशासनले जारी गरेको निषेधाज्ञा अटेर गरेको पाइएपछि उदयपरमा सेना परिचालन गरिने भएको छ । दिनहुँ संक्रमित बढ्नुका साथै दैनिक ४ जनासम्म संक्रमितको ज्यान जान थालेपछि निषेधाज्ञा कडाई गर्न सैनिक पेट्रोलिङ तयारी गरिएको हो ।
शनिबार बसेको सिसिएमसीको बैठकले आइतबारदेखि निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला सहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने निर्णय गरेको छ। अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने निर्णय गर्दै सञ्चारकर्मीको आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ।
बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए।
अरनिको राजमार्ग हुँदै काठमाडौंं प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधन बिहानैदेखि प्रहरीले जाँच गर्दै फकाईरहेको छ।
पछिल्लोसमय भारतमा कोरोना महामारी बढेपछि नेपालमा पनि नयाँ संक्रमित भेटिन थालेका छन्। सुनसरीमा मात्र पछिल्लो साता ११ जना कोरोना संक्रमित भेटिइ सकेका छन्। जसले गर्दा भारतबाट नेपाल आउनेलाई सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिरामी बोक्ने एम्बुलेन्सलाई पनि कडाइ गरेको छ । बिरामीको बहानामा अनावश्यक यात्रु ओसारपसार गरेर एम्बुलेन्सको दुरुपयोग भइरहेको गुनासो बढ्न थालेपछि प्रशासनले एम्बुलेन्समा बिरामी र एकजना मात्र बिरामीको कुरुवा एम्बुलेन्सले बोक्नु पर्ने सूचना जारी गरेको छ ।
पछिल्लो समय सुर्खेत छिन्छु हुदैँ जाजरकोट भएर पैदल यात्रा गरेर आउनेको संख्या बढेपछि जुम्लाबासीले तत्काल जुम्ला जाजरकोट नाकामा कडाइ गर्न माग गरेका हुन्।
कोरोना भाइरस (कोभिड –१९)को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा थप कडाइ गरेको छ।
तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ।