३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्याराग्लाइडिङमा कडाइ

नवीकरण समेत नगरेका कम्पनीले निषेधित क्षेत्रमा प्याराग्लाइडिङ उडान गर्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा कडाइ गर्ने नीति लिएको छ।

सवारीसाधनमा कडाइ

चाडपर्व लागेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारीसाधानमाथि कडाइ चेक जाँच गरेको छ। सदरमुकाम मन्थली, सेलेघाट, रामेछाप बजारलगायत ठाउँमा प्रवेश गर्ने साना तथा ठूला सवारीसाधन जाँचमा कडाइ गरेको ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर भित्रिकोटीले बताए।

अवैध आयातनिर्यातमा कडाइ

बरामद सामान र सो सामान ओसार्न प्रयोग भएका चारवटा मोटरसाइकलको चार लाख ७९ हजार ५ सय रुपैयाँ मूल्यांकनसहित बुधबार बिहानै भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सांसदको उपचार बिलमा कडाइ

संसद् सचिवालयमा १५ सयदेखि चार लाखसम्मको बिल पेस भएको स्रोतले बताएको छ। चार लाखको विल निजी अस्पतालको भएको स्रोतले बताएको छ।

लामो दूरीमा दुई चालकको व्यवस्थालाई कडाइ गरिने

लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ।

होच्याए मात्र पाँच वर्ष कैद र १५ लाख जरिवाना प्रस्ताव

संसद्को विकास तथा प्रविधि समितिद्वारा गठित उपसमितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयकलाई खुकुलो बनाउनुको साटो थप कडा बनाएर प्रतिवेदन बुझाएको छ।

प्याराग्लाइडिङ उडानमा कडाइ

पोखराको आकासमा भइरहेको प्याराग्लाइडिङ उडानको व्यवस्थापन जिम्मेवारी हवाई खेलकुद संस्था (एनएए)ले पाएको छ। हवाई खेलकुद संस्थालाई प्राधिकारिक निकायको रुपमा बुधबारदेखि औपचारिक रुपमा प्याराग्लाइडिङ नियमनको जिम्मेवारी दिइएको हो। अब संस्थाले नै यहाँको आकासमा हुने प्याराग्लाइडिङ उडानलाई व्यवस्थापन र नियमन गर्नेछ।

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्दै सरकार

सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ।

निजी सवारी साधनको बिक्री घट्यो

निजी सवारी साधनलाई अनुत्पादक तथा विलासी वस्तु भन्दै नेपाल राष्ट्र बैंकले कठोर नीति ल्याएपछि त्यस्ता सवारी साधनको बिक्रीमा कमी आएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा निजी सवारी साधनमा ऋण प्रवाह गर्दा सवारी मूल्यांकनको अधिकतम ५० प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था गरेपछि निजी सवारी साधनको बिक्री घटेको हो।

अर्थमा सामाजिक संजाल चलाउन राेक

अर्थ मन्त्रालयले आफू मातहतका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाएको छ। मन्त्रालयले कर्मचारी आचारसंहिता जारी गर्दै कर्मचारीमाथि कडाइ गरेको हो।

दूधमा कोलिफर्म भेटिएपछि कडाइ गर्दै सरकार

पाकेटको दूधमा कोलिफर्म नामको जिवाणु भेटिएपछि सरकारले दूध उद्योगमा कडाइ गर्ने भएको छ । २३ वटा डेरी उद्योगका ३३ वटा ब्रान्डको दूध परीक्षण गर्ने क्रममा कोलिफर्म भेटिएपछि सरकारले दूध उद्योगलाई कडाइ गर्ने भएको हो ।

यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ।

कर्मचारीको विदेश भ्रमणमा थप कडाइ

सरकारले कर्मचारीको विदेश भ्रमणमा थप कडाइ गरेको छ। अनावश्यक तालिम, अध्ययन र अवलोकनका नाममा विदेश भ्रमणमा नजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशन अवज्ञा गर्दै कर्मचारीहरु विदेश जाने क्रम नरोकिएपछि सरकारले त्यसमा थप कडाइ गरेको हो।

पशुजन्य उद्योग र फार्मलाई वातावरणीय कानुनमा कडाइ

पशुपक्षीपालनमा व्यापकता र यससँग सम्बन्धित उद्योग स्थापना हुने क्रम बढ्दै जाँदा सरकारले अनिवार्य रुपमा वातावरणीय परीक्षण गरेरमात्रै उद्योगधन्धा सञ्चालन गर्नुपर्ने भनि कडाइ गर्न थालेको छ । विगतमा कृषि फार्म र पशुजन्य उद्योग स्थापनामा यस्तो अनिवार्यता रहे पनि खासै ध्यान दिइएको थिएन ।पछिल्लो समय कृषि तथा पशुजन्य उद्योगले समेत वातावरणमा असर पार्न थालेको गुनासो आउन थालेपछि नियमावलीमै संशोधन गरी परीक्षण गर्नैपर्ने व्यवस्थामा कडाइ गरिएको अधिकारीहरुको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्